केशवराज ज्ञवालीको मिल्खु कथामा इमाइल दुर्खिमका सामाजिक तत्त्वहरूको प्रभाव

Authors

  • Ambika Acharya त्रिभुवन विश्वविद्यालय

Keywords:

जैविक वास्तविकता, भौतिक सामाजिक वास्तविकता, अभौतिक सामाजिक वास्तविकता, त्रिकोणात्मक भय, वास्तविकताको प्रतीति

Abstract

प्रस्तुत लेखमा केशवराज ज्ञवालीको अर्को भोर कथा सङ्ग्रहमा सङ्गृहित कथा ‘मिल्खु’ लाई आधार बनाएर इमाईल दुर्खिम (सन् १८५८-१९१७ ) का सामाजिक तत्त्व सम्बन्धी मान्यताको सीमामा रही उपर्युक्त कथाको साहित्यिक विश्लेषण गरिएको छ । यस कथाका पात्रहरूको चरित्रले सामाजिक तथ्यको यथार्थतालाई व्यक्त गरेको छ । यो कथामा आएको कथावस्तुले तात्कालीन समयमा जुनबेला देश नै माओवादी गृह युद्धको भुमरीमा फसेको थियो, त्यसबेलाको सामाजिक वास्तविकता कस्तो थियो भन्ने यथार्थ ताराकान्त पाण्डेयको लेखबाट प्रमाणित हुन्छ “राज्य पक्षले यसलाई आतङ्कको संज्ञा दियो र यसका विरुद्ध प्रतिहिंसा र राज्य आतङ्कको सृष्टि गर्‍यो भने सामाजिक वास्तविकता वा स्तरमा पनि यसका पक्ष र विपक्ष वा समर्थन र विरोधका दुवै पक्ष र तज्जन्य व्यवहार देखापरे (पाण्डेय, ताराकान्त, पृ. ३)” । त्यसबेला मानिसहरूले कसरी प्रताडित हुनुपरेको थियो, त्यस बेलाको तथ्यगत सत्यलाई इमाइल दुर्खिमको आधारभूत मान्यताहरू भौतिक, सामाजिक तथ्य र अभौतिक सामाजिक तथ्य वा वास्तविकताका आधारमा दुई उपकरण वा मान्यताको प्रयोग गरी विश्लेषण गरिएको छ । साथै मानिस यान्त्रिक र जैविक ऐक्यवद्धताका कारण एकअर्कामा बाँधिएको हुन्छ । यान्त्रिक ऐक्यवद्धता भनेको नातासम्बन्ध, धर्म, आदर्श सामूहिक भाव हुन् भने जैविक ऐक्यबद्धता भन्नाले श्रमविभाजनका कारण एकअर्कामा आश्रित भई समाज एकीकृत हुनु  हो । जसमा समाजका प्रत्येक सदस्यहरूका बिचमा अवश्यकता, उत्पादन र सीपको निर्भरता हुनु हो । यिनै मान्यता अनुसार कथाको मुख्य पात्र मिल्खु आफ्ना परिवारको पालन पोषणका लागि आर्मीमा जागिर खान सुदूर पश्चिमको कुनै एउटा सानो गाउँको बजार पुगेका थिए भने त्यस कथाका समाख्याता म पात्र पनि इन्जिनियर भएको अनि एउटा विकासे संस्थाबाट खटिएर सो ठाउँमा पुगेको हुनाले कथावस्तुको विस्तार १५ वर्ष अगाडिको घटनालाई स्मृतिपटलबाट अभौतिक वास्तविकताले दुःखी भएका म पात्रले मिल्खु पात्रको अवस्था र तात्कालीन समाजको सामाजिक वास्तविकताको प्रतीति गराएका छन् । यस कथामा माओवादी द्वन्द्वले सर्वसाधारणको चिन्ताजनक अवस्था नेपाल आर्मीका क्रियाकलापले पनि यिनै सर्वसाधारणप्रतिको अन्योलग्रस्त अवस्था अनि सरकारी वा गैर सरकारी कर्मचारीहरूको पनि भयभीत वा भयग्रस्त त्रिकोणी भयावह अवस्थाको विश्लेषण यान्त्रिक, जैविक र भौतिक अनि अभौतिक दुर्खिमको सामाजिक वास्तविकताको मान्यताको सिद्धान्तमा आधारित भएर विश्लेषण गरिएको छ ।

Abstract
137
PDF (Nepali)
0

Author Biography

Ambika Acharya, त्रिभुवन विश्वविद्यालय

एमफिल शोध छात्रा - नेपाली

Downloads

Published

2025-08-22

How to Cite

केशवराज ज्ञवालीको मिल्खु कथामा इमाइल दुर्खिमका सामाजिक तत्त्वहरूको प्रभाव. (2025). शोधसुधा Shodh Sudha, 3(03), 106-117. https://doi.org/10.3126/ss.v3i03.83517

Issue

Section

Articles

How to Cite

केशवराज ज्ञवालीको मिल्खु कथामा इमाइल दुर्खिमका सामाजिक तत्त्वहरूको प्रभाव. (2025). शोधसुधा Shodh Sudha, 3(03), 106-117. https://doi.org/10.3126/ss.v3i03.83517