वासवदत्तामा अलङ्कारविधान

Authors

  • रमेश Ramesh घिमिरे Ghimire ने. सं. वि. : पिण्डेश्वरविद्यापीठम्, धरान

DOI:

https://doi.org/10.3126/ss.v2i2.69313

Keywords:

अलङ्कार, काव्यसौन्दर्य, प्रत्यक्षरश्लेषमय, शब्दपरिवृत्तिसहत्वासहत्व

Abstract

वासवदत्ता कथाकाव्यका रचयिता सुबन्धु हुन् । सुबन्धु बाण र दण्डीका पनि पूर्ववर्ती मानिन्छन् । सुबन्धुरचित वासवदत्ता, बाणरचित कादम्बरी र दण्डीरचित दशकुमारचरित; यी तीन काव्यको समन्वयात्मक नाम बृहत्त्रयी हो । बृहत्त्रयीका रूपमा गणना गरिनुले यी काव्यको संस्कृत गद्यसाहित्यका इतिहासमा विशेष प्रतिष्ठा प्रतीत हुन्छ । प्रस्तुत वासवदत्ता कथाकाव्यलाई प्राप्त यस विशिष्ट प्रतिष्ठाको पृष्ठभूमि यसमा विद्यमान आलङ्कारिक चमत्कृतिमय गद्यशिल्प हो । यस काव्यमा खास गरी शब्दालङ्कारका सौन्दर्यमा कविश्रम केन्द्रित भएको देखिन्छ । वासवदत्तालाई कवि स्वयम्‌ले अक्षर अक्षरमा श्लेषचमत्कारद्वारा परिपूर्ण काव्य भनी घोषणा गरेका छन् । यसो भए पनि यस काव्यमा अर्थालङ्कारहरू पनि प्रशस्त सचमत्कार दृष्टिगोचर भएका छन् । थुप्रै अर्थालङ्कारहरूमध्ये उपमा, उत्प्रेक्षा, विरोधाभास र परिसङ्ख्या उल्लेखनीय देखिन्छ । चाहे अन्य शब्दालङ्कार होउन् या अर्थालङ्कार होउन्, सर्वत्र कतै सभङ्ग त कतै अभङ्ग श्लेष प्रभावशाली रूपमा उपस्थित भएको देखिन्छ । अलङ्कारसंयोजनका ध्याउन्‍नमा लागेका कविले यस काव्यमा वस्तु र रसादिको उपेक्षा हुन पुगेर तज्जन्य दोषपक्षका कारण काव्यमूल्यमा न्यूनता आएको पनि ख्याल गर्न नभ्याएको प्रतीत हुन्छ । यो काव्य मूलतः शब्दालङ्कारमूलक शाब्दी क्रीडाको पाण्डित्यप्रदर्शनमय दृष्टान्त बन्‍न पुगेको छ । यस काव्यमा अलङ्कारहरू शाब्द र वाच्य तहमा मात्र नभएर ध्वनक एवम् ध्वनित रूपमा समेत अस्तित्ववान् देखिन्छन् । समष्टिगत रूपमा वासवदत्ता अलङ्कारविधानका दृष्टिले निकै मूल्यवान् रहेको छ । 

 

Downloads

Download data is not yet available.
Abstract
64
PDF
55

Author Biography

रमेश Ramesh घिमिरे Ghimire, ने. सं. वि. : पिण्डेश्वरविद्यापीठम्, धरान

प्राध्यापक : साहित्य

Downloads

Published

2024-09-02

How to Cite

घिमिरे Ghimire र. R. (2024). वासवदत्तामा अलङ्कारविधान. शोधसुधा Shodh Sudha, 2(2), 87–107. https://doi.org/10.3126/ss.v2i2.69313

Issue

Section

Articles