नेपाली कवितामा भाषिक समानान्तरता

Authors

  • तुलसीप्रसाद Tulasiprasad गौतम Gautam त्रिभुवन विश्वविद्यालय, त्रिचन्द्र कलेज काठमाडौं

DOI:

https://doi.org/10.3126/ss.v2i2.69310

Keywords:

अग्रभूमीकरण, चयन, पुनरावृत्ति, विचलन, समानान्तरता

Abstract

प्रस्तुत लेख नेपाली कवितामा समानान्तरतासम्बन्धी अध्ययनमा केन्द्रित छ । यो अनुसन्धान गुणात्मक प्रकृतिको भएकाले सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ । यसमा विश्लेषणका लागि छनोट गरिएका कवितालाई प्राथमिक सामग्रीका रूपमा लिइएको छ भने समानान्तरताको सिद्धान्तसँग सम्बन्धित पुस्तक तथा लेखहरूलाई द्वितीयक सामग्रीका रूपमा लिइएको छ । यसमा नेपाली कवितामा समानान्तरताको प्रयोग के कसरी भएको छ भन्ने कुराको अध्ययन गर्दा निगेल फेबले परिभाषित गरेको संरचनात्मक, शास्त्रीय र आर्थी समानान्तरताका आधारमा गरिएको छ । कविता विश्लेषण गर्दा यसमा वर्णनात्मक र विश्लेषणात्मक विधि प्रयोग गरिएको छ । यस अध्ययनबाट समानान्तरताको प्रयोगले नेपाली कवितालाई लयात्मक, गेयात्मक, साङ्गीतिक, आलङ्कारिक र काव्यिक बनाएको छ भन्ने निष्कर्ष प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
58
PDF
40

Author Biography

तुलसीप्रसाद Tulasiprasad गौतम Gautam, त्रिभुवन विश्वविद्यालय, त्रिचन्द्र कलेज काठमाडौं

सहप्राध्यापक : नेपाली

Downloads

Published

2024-09-02

How to Cite

गौतम Gautam त. T. (2024). नेपाली कवितामा भाषिक समानान्तरता. शोधसुधा Shodh Sudha, 2(2), 50–60. https://doi.org/10.3126/ss.v2i2.69310

Issue

Section

Articles