नेपाली भाषाको शब्दभण्डार : एक अध्ययन

Authors

  • टीकाराम Tikaram दाहाल Dahal ने. सं. वि. : पिण्डेश्वरविद्यापीठम्, धरान

DOI:

https://doi.org/10.3126/ss.v2i2.69309

Abstract

भाषा मानवीय विचार विनिमय र भावाभिव्यक्तिको लागि अपरिहार्य साधन हो । विश्वका भाषाहरूलाई भाषावैज्ञानिकहरूले दशवटा भाषा परिवारमा विभाजन गरेका छन् । ती मध्ये नेपाली भाषा भारोपेली परिवारमा रहेको छ । नेपाली भाषाको सबैभन्दा महत्त्वपूर्ण एकाइ शब्दभण्डार हो । शब्द भाषाको रूपभन्दा ठूलो तथा पदावली र वाक्यभन्दा सानो स्वतन्त्र अर्थयुक्त एकाइ हो । भाषिक भावाभिव्यक्तिमा शब्दको  महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । भाषाको सबैभन्दा सानो सार्थक एकाइ रूपभन्दा ठूलो एकाइ शब्द, त्यसभन्दा ठूलो पदावली र त्यसपछिको ठूलो एकाइ वाक्य हो । वाक्यबाट नै सम्पूर्ण अर्थको अभिव्यक्ति र बोध हुन्छ । पदावली भन्दा सानो र रूपभन्दा ठूलो स्वतन्त्र अर्थयुक्त एकाइ नै शब्द हो । नेपाली भाषाको शब्दभण्डारको अध्ययन र विश्लेषण गर्न प्रथमतः यस शोध आलेखका समस्या र उद्देश्यहरूलाई स्पष्ट पार्दै शोधविधिको उल्लेख गरिएको छ । शब्दभण्डारको अध्ययनका लागि यहाँ वर्णनात्मक र विश्लेषणात्मक विधि अपनाइएको छ । विषयको स्पष्टीकरणका लागि निगमनात्मक र आगमनात्मक विधिको पनि उपयोग गरिएको छ । नेपाली भाषाको जननी भाषा संस्कृत भएकाले नेपाली भाषामा संस्कृतभाषाबाट आएका शब्दहरूलाई मौलिक शब्द मानिन्छ भने संस्कृतबाहेक अन्य भाषाबाट आएका शब्दलाई आगन्तुक शब्द मानिन्छ । नेपालीमा संस्कृतबाट  जस्ताको तस्तै आएका तत्सम शब्द तथा संस्कृतबाट प्राकृत अपभ्रंश हुँदै नेपाली उच्चारण अनुकूल परिवर्तन भएर आएका तद्भव शब्दहरूको बाहुल्य रहेको पाइन्छ । शब्द व्युत्पादन प्रक्रियाका आधारमा ससाना सार्थक एकाइमा विभाजन गर्न नसकिने मूल शब्द र त्यसरी विभाजन गर्न सकिने व्युत्पन्न शब्दहरू रहेका छन् । शब्दले वाक्यमा रहेर गर्ने कामका आधारमा नेपाली भाषाका शब्दहरू नाम, सर्वनाम, विशेषण, क्रियायोगी नामयोगी, संयोजक, विस्मयादिबोधक र निपात गरी ९ वर्गका रहेका पाइन्छन् । हरेक भाषामा आफ्नै किसिमका प्राविधिक क्षेत्रका पारिभाषिक शब्दहरू प्रचलनमा रहेका हुन्छन् । चिकित्सा, कृषि, वाणिज्य, कानुन, विज्ञान र प्रविधि, सूचना र सञ्चार, अर्थजगत्, धर्म, संस्कृति आदि क्षेत्रसँग सम्बन्धित अनेकौँ शब्दहरूले विशिष्ट अर्थलाई अभिव्यक्त गर्दछन् । त्यसैले हरेक भाषाको शब्दभण्डार त्यस भाषाभाषीको व्यवहारसँग मात्र होइन पहिचानसँग नै गाँसिएको हुन्छ । नेपाली भाषामा पनि विभिन्न भाषिक व्यवहार सम्पन्न गर्न विभिन्न भाव अभिव्यक्त गर्न शब्दभण्डारको स्थान महत्त्वपूर्ण रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
65
PDF
135

Author Biography

टीकाराम Tikaram दाहाल Dahal, ने. सं. वि. : पिण्डेश्वरविद्यापीठम्, धरान

उपप्राध्यापक : नव्यव्याकरण

Downloads

Published

2024-09-02

How to Cite

दाहाल Dahal ट. T. (2024). नेपाली भाषाको शब्दभण्डार : एक अध्ययन. शोधसुधा Shodh Sudha, 2(2), 39–49. https://doi.org/10.3126/ss.v2i2.69309

Issue

Section

Articles