ज्योतिषशास्त्र शिक्षणका लागि सम्भावित विधिहरू

Authors

  • अम्बरराज Ambarraj ढकाल Dhakal पिण्डेश्वर विद्यापीठ धरान

Keywords:

ज्योतिषपाठ्यक्रम, ज्योतिषशिक्षण विधि, ज्योतिषशास्त्र प्रवर्तक, ज्योतिषग्रन्थ प्रणयन

Abstract

पौरस्त्य ज्योतिषशास्त्रको शिक्षणमा गुरुमुखी पद्धति नै सबैभन्दा उत्तम मानिन्छ । ज्योतिर्विद्गुरुका सान्निध्यमा रहेर ज्योतिषशास्त्रको सैद्धान्तिक र व्यावहारिक ज्ञान आर्जन गर्ने श्रुति परम्परागत पद्धति ज्योतिषशास्त्रको पौरस्त्य शिक्षणविधि हो । आधुनिक कक्षाकोठामा ज्योतिष विषयको शिक्षण गर्दा प्रयोग हुने शिक्षक केन्द्रित विधि, विद्यार्थीकेन्द्रित विधि र अन्तरक्रियात्मक विधि चाहिँ आधुनिक विधि हुन् । विद्यालय वा विश्वविद्यालयमा ज्योतिषशास्त्रको अध्यापनका सन्दर्भमा यिनै आधुनिक शिक्षणविधिको प्रयोग गर्नु उपयुक्त देखिन्छ । शिक्षककेन्द्रित विधिद्वारा शिक्षण गर्दा ज्योतिष विषयको सैद्धान्तिक व्याख्या मात्र हुने तर त्यसको व्यावहारिक प्रयोगमा विद्यार्थी असफल हुने सम्भावना अत्यधिक देखिन्छ । त्यसैले ज्योतिष कक्षाका सैद्धान्तिक विषयलाई व्यवहारमा प्रयोग गन वद्यार्थीकेन्द्रित प्रयोगात्मक विधिहरू उत्तम मानिन्छन्। ज्योतिषीय विषयका सैद्धान्तिक ज्ञानका लागि व्याख्यान वा प्रवचनविधि, गणितीय रूपान्तरणविधि र प्रदर्शनविधि प्रभावकारी मानिन्छन् । सैद्धान्तिक ज्ञानको व्यावहारिक प्रयोग गर्न भने विद्यार्थीकेन्द्रित शिक्षणविधि उपयुक्त देखिन्छन्। समस्यासमाधान विधि, खोज तथा अन्वेषणविधि, परियोजनाकार्य विधि, सर्वेक्षणविधि, घटनाअध्ययन विधि, अवलोकन विधिद्वारा शिक्षण गर्न सके सैद्धान्तिक ज्ञानलाई व्यवहारिक सीपमा ढाल्न सहज देखिन्छ । त्यस्तै अन्तरक्रियात्मक विधिबाट पनि ज्योतिषशास्त्रको ज्ञानपक्ष र शिल्पपक्ष दुवैको विकास हुने प्रभावकारी शिक्षण गर्न सकिन्छ । यसका लागि विद्यार्थी स्वयम्ले गरेर सिक्ने र शिक्षकले सहजकर्ताको भूमिका निर्वाह गर्ने वतावरण बनाउनु पर्छ । यही निष्कर्ष र उपलब्धि यस शोधलेखबाट प्राप्त भएको छ ।

 

Abstract
290
PDF
0

Author Biography

अम्बरराज Ambarraj ढकाल Dhakal, पिण्डेश्वर विद्यापीठ धरान

सहायक प्राध्यापक, ज्योतिषविभाग

Downloads

Published

2023-11-09

How to Cite

ज्योतिषशास्त्र शिक्षणका लागि सम्भावित विधिहरू . (2023). शोधसुधा Shodh Sudha, 1(1), 58-78. https://doi.org/10.3126/ss.v1i1.59815

Issue

Section

Articles

How to Cite

ज्योतिषशास्त्र शिक्षणका लागि सम्भावित विधिहरू . (2023). शोधसुधा Shodh Sudha, 1(1), 58-78. https://doi.org/10.3126/ss.v1i1.59815