भाषा सिकाइमा उखानटुक्का शिक्षणको उपयोगिता

Authors

  • हेमा Hema जोशी Joshi सुदूरपश्चिम विश्वविद्यालय, केन्द्रीय क्याम्पस, कञ्चनपुर https://orcid.org/0009-0002-1895-4489

Keywords:

जुर्वल, अवलम्बन, सुत्रात्मक, खिरिलो, पूख्र्यौली

Abstract

प्रस्तुत लेखमा भाषा सिकाइमा उखानटुक्का शिक्षणको उपयोगिताको अध्ययन   गरिएको छ । यसका लागि पुस्तकालयीय विधिबाट द्वितीयक स्रोतका सामग्री संकलन गरी तिनको अध्ययन विश्लेषणका साथ निष्कर्ष निकालिएको छ । जीवनका विविध अनुभव र चिन्तनमा आधारित भनाइलाई उखानटुक्का भनिन्छ । मानिसहरुले उखानटुक्काको प्रयोग दैनिक जीवनमा प्रशस्त गर्दछन । मानव जीवन भोगाइका क्रममा विभिन्न घटनाहरु घट्ने गर्दछन । यिनै घटनाहरु एकआपसमा भन्ने र सुन्ने क्रममा मानिसले उखानटुक्को प्रयोग गर्दै आएका छन् । मानवजीवनको लामो अनुभवबाट खारिएका हुनाले भाषा सिकाइमा यिनको प्रयोगले भनाइलाई ओजर्पूण, प्रभावकारी, सान्दर्भिक र सुत्रात्मक बनाउँछन् । भाषा सिकाइमा यिनलाई पूख्र्यौली सम्पत्तिका रुपमा लिइन्छ । यस्ता उखानटुक्काहरुले मानव सभ्यताको प्राचीन समयमा घटेका घटना तथा वस्तुस्थितिको लक्षण बोकेका हुन्छन । यिनले वाच्यार्थ भन्दा लक्ष्यार्थमा जोड दिन्छन । यस लेखले उखानटुक्का के हुन ? भाषा सिकाइमा यस्ता उखानटुक्काहरु के कति उपयोगी छन् भन्ने कुरा पत्ता लगाइ उपयुक्त निष्कर्ष निकालिएको छ । गुणात्मक विधिलाइ अवलम्वन गरी लेखिएको यस लेखमा भाषा सिकाइका दृष्किोणबाट उखानटुक्का शिक्षणको उपयोगिता प्रस्ट पार्दै भाषा सिकाइलाई अझ प्रभावकारी बनाउन उखानटुक्का शिक्षणको प्रयोगमा जोड दिनुपर्ने निष्कर्ष अगाडि सारिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
8
PDF
7

Author Biography

हेमा Hema जोशी Joshi, सुदूरपश्चिम विश्वविद्यालय, केन्द्रीय क्याम्पस, कञ्चनपुर

विद्यावारिधी अनुसन्धानरत

Downloads

Published

2024-09-10

How to Cite

जोशी Joshi ह. H. (2024). भाषा सिकाइमा उखानटुक्का शिक्षणको उपयोगिता . SP Swag: Sudur Paschim Wisdom of Academic Gentry Journal, 1(1), 107–113. Retrieved from https://nepjol.info/index.php/spswag/article/view/69692

Issue

Section

Review Articles