लोककथाको परिचयात्मक सन्दर्भ

Authors

Keywords:

लोककथा, लोकजीवन, लोकविश्वास, उपदेश र मूल्यमान्यता, नैतिकता

Abstract

प्रस्तुत अध्ययन लोककथाको परिचयात्मक सन्दर्भमा केन्द्रित रहेको छ । यस लेखमा खासगरी लोककथाको परिचय, परिभाषा, स्वरुप, प्रकार र विशेषताहरुको विषयमा संक्षिप्त अध्ययन विश्लेषण गरिएको छ । लोककथा लोक साहित्यको सर्वप्राचीन विधा हो । यसमा लोक समाजका अनुभव र अनुभूति तथा विचार र भावनाहरु समेटिएको हुन्छ । मानव सभ्यताको विकास प्रक्रिया सँगसँगै लोककथा भन्ने र सुन्ने प्रचलन विकसित भएको हो । लोककथाले मनोरञ्जन, नैतिक सन्देश र महŒवपूर्ण ज्ञान प्रदान गर्ने भएकाले ग्रामीण समाजमा अहिले पनि लोक कथा भन्ने र सुन्ने प्रचलन जीवित रहेको छ । लोकजीवनको सुख–दुःखको अनुभूतिलाई प्रभावकारी रूपमा अभिव्यक्ति गर्ने एउटा सशक्त लोकसाहित्यक विधा लोककथा हो । लोककथालाई दन्त्य कथा वा वातशास्त्रका रुपमा समेत चिनाइएको पाइन्छ । यसले हाम्रो लोक परम्पराको संरक्षणमा सहयोग गर्दछ । लोककथालाई आधुनिक कथाको जनक मानिन्छ । लोककथा लोक समाजको साझा सम्पत्ती हो । यसले सामाजिक जनजीवनको जीवन्त चित्र प्रस्तुत गर्दछ । मौखिक परम्परामा विकसित हुनु, रचनाकार अज्ञात रहनु, काल्पनिकताको प्रवलता रहनु, मानवेतर पात्रको प्रयोगमा जोड दिनु, नैतिक सन्देश, ज्ञान र मनोरञ्जनमा केन्द्रित रहनु, रहस्यमय घटनाको वर्णन गर्नु, आरम्भ र समापनको बेग्लै ढाँचा कायम हुनु आदि लोककथाका मुख्य विशेषताहरु हुन् । लोककथा गद्यात्मक हुन्छ र सामाजिक संस्कृति अनुरूप परिवर्तनशील हुन्छ । कथानक, चरित्र, परिवेश, अभिप्राय, उद्देश्य, भाषाशैली आदि लोककथा रचनाका प्रमुख आधारहरु हुन् । यी सम्पूर्ण तत्वहरुको उचित संयोजनबाट एउटा रोचक र प्रभावकारी तथा ज्ञानवर्धक लोककथाको रचना गर्न सकिन्छ । यसले लोक जीवनको सामाजिक तथा सांस्कृतिक प्रतिबिम्बन गर्दछ ।

Downloads

Download data is not yet available.
Abstract
2
PDF
3

Author Biography

जगतमणि Jagatmani सोती Soti, चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक

उप–प्राध्यापक

Downloads

Published

2024-09-10

How to Cite

सोती Soti ज. J. (2024). लोककथाको परिचयात्मक सन्दर्भ. SP Swag: Sudur Paschim Wisdom of Academic Gentry Journal, 1(1), 97–106. Retrieved from https://nepjol.info/index.php/spswag/article/view/69676

Issue

Section

Review Articles