जुम्ली भाषाको वाक्यमा कालगत (पक्ष) व्यवस्था {Tense (partial) arrangement in sentences of Jumli language}

Authors

  • ओमप्रकाश Omprakash आचार्य Acharya त्रिभुवन विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/spandan.v2i1.63444

Keywords:

संरचनागत, कालगत, प्रायोगिक, भूतकाल, अभूतकाल, ध्वनिगत, वर्णगत

Abstract

भाषागत सर्वेक्षण २०६८ को तथ्याङ्क अनुसार नेपालमा बोलिने भाषाहरूको संख्या १२३ मध्ये जुम्ली भाषा पनि पर्दछ । कर्णाली प्रदेश अन्तर्गत कर्णाली अञ्चलको जुम्ला जिल्लाको जुम्ली भाषाको प्रायोगिक अध्ययन गर्दा जुम्ली भाषी वक्ताका अभिव्यक्तिका आधारमा भाषाको वाक्यमा देखिएको कालगत (पक्ष) व्यवस्था केकस्तो रहेको छ ? यस्तो व्यवस्था नेपाली भाषा भन्दा के कति भिन्न छ ? यस अध्ययनको मुख्य समस्या हो । यही समस्या समाधानका लागि जुम्ली भाषाको वाक्यमा देखिएको कालगत (पक्ष) व्यवस्था पहिल्याउनु र जुम्ली भाषाको वाक्यमा देखिएको कालगत (पक्ष) व्यवस्था नेपाली भाषाभन्दा के कति भिन्न छ पहिचान गर्नुयस अनुसन्धानमूलक लेखको मुख्य उद्देश्य रहेको छ । यस अध्ययनको विधि क्षेत्रगत र पुस्तकालय हो भनेवर्णनात्मक र विश्लेषणात्मक पद्धतिको अवलम्बन गरिएको छ । अध्ययनको प्राप्ती अनुसार जुम्ली भाषाको वाक्यमा देखिएको कालगत (पक्ष) व्यवस्था भूतकाल र अभूतकालमा कालबोधक क्रियाको अपूर्ण, पूर्णअभ्यस्त र अज्ञात पक्षका रूपमा संरचनागत मौलिकता छ । जुम्ली भाषाको पक्षमा रहने क्रिया संरचनाको मौलिकताले नेपाली भाषाभन्दा ध्वनिगत, वर्णगत एवम् कालबोधक क्रियाको संरचनामा भिन्नता छ ।

Downloads

Download data is not yet available.
Abstract
21
PDF
14

Author Biography

ओमप्रकाश Omprakash आचार्य Acharya, त्रिभुवन विश्वविद्यालय

उपप्राध्यापक

Downloads

Published

2018-12-31

How to Cite

आचार्य Acharya ओ. O. (2018). जुम्ली भाषाको वाक्यमा कालगत (पक्ष) व्यवस्था {Tense (partial) arrangement in sentences of Jumli language}. Spandan, 2(1), 49–64. https://doi.org/10.3126/spandan.v2i1.63444

Issue

Section

Articles