स्वरसम्राट् नारायणगोपाल निबन्ध कृतिमा जीवनीपरकता

Authors

  • Geeta Thapaliya Tripathi

DOI:

https://doi.org/10.3126/sirjana.v11i1.86839

Keywords:

आरोह–अवरोह, जीवनीपरकता, स्वरसम्राट्

Abstract

‘स्वरसम्राट् नारायणगोपाल’ (वि. सं. २०८१) गायक नारायणगोपालका जीवनका विविध आयाम र तिनै आयामभित्रबाट प्रसिद्धि आर्जन गरेको उनको गायक गीतसङ्गीतसम्बन्धी विशिष्टता हासिल गरिएको व्यक्तित्वका विषयमा लेखक प्रकाश सायमीद्वारा लेखिएको कृति हो । प्रस्तुत अध्ययन यस कृतिमा आएका जीवनीका समग्र पाटाहरूको विश्लेषण गर्ने उद्देश्यमा आधारित रही पूरा गरिएको छ ।महत्वपूर्ण मानिसका विषयमा लेखिने विवरणसहितको विश्लेषणलाई जीवनी भनिन्छ । यहाँ महत्वपूर्ण मानिस भन्नाले प्राप्ति र योगदानका आधारमा गरिने मूल्याङ्कन हो । जीवनी लेखन नेपाली साहित्यमा पछिल्लो समयमा निकै फस्टाएको विधा समेत हो । नेपालका ख्यातिप्राप्त गायक नारायणगोपालका विषयमा लेखकको अनुभव, अध्ययन र नारायणगोपालका परिवार, उनका समकालीन र सहकर्मी व्यक्तिहरूसँगको कुराकानी र अन्तर्वार्तासमेतमा आधारित रहेर हालसम्म प्राप्त सामग्रीका विश्लेषणका आधारमा विश्वसनीयता दिने प्रयत्नसहित यो तथ्यपूर्ण जीवनी तयार पारिएको देखिन्छ । यसबाट नारायणगोपालको जीवनीका विस्तृत आयामहरू नियाल्न सहयोग पुगेको, नेपाली सङ्गीतका निम्ति उनले गरेका सङ्घर्ष, जीवन–परिवेश (परिवार, तत्कालीन, समाज, संस्कृति, राजनीति र प्रविधिसम्म), उठान र आरोह–अवरोहसहित उनका विशिष्ट प्राप्तिको उत्खनन् र अन्वेषण भएको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF (नेपाली)
0

Published

2025-11-27

How to Cite

Thapaliya Tripathi, G. (2025). स्वरसम्राट् नारायणगोपाल निबन्ध कृतिमा जीवनीपरकता. SIRJANĀ – A Journal Of Arts and Art Education, 11(1), 94–103. https://doi.org/10.3126/sirjana.v11i1.86839

Issue

Section

Articles