कलामा मोडर्निज्मः केही धारणा र तर्क (Modernism in Art: Some Concepts and Logics)

Authors

  • Navindra Man Rajbhandari Sirjana College of Fine Arts, Lazimpat, Nepal

DOI:

https://doi.org/10.3126/sirjana.v8i1.46660

Keywords:

अभाँ–गाड, एकेडेमी, एब्सट्रयाक्ट आर्ट, इम्प्रेसनिज्म, मोडर्निज्म, पोस्ट–इम्प्रेसनिज्म, post-impressionism, modernism, impressionism, academy, avant-garde, abstract art

Abstract

कलामा ‘मोडर्निज्म’ अर्थात् ‘आधुनिकतावाद’ को अवधारणा पाश्चात्य कलाको ऐतिहासिक क्रमकै शृङ्खला थियो । यस अवधारणाको उत्थान हुनुपछाडि उन्नाइसौ“ शताब्दीको विश्व राजनीतिक परिदृश्यका अतिरिक्त जापानी उडब्लक प्रिन्ट तथा अफ्रिकी कला जस्ता गैर पाश्चात्य कलाका प्रभावको पनि प्रत्यक्ष भूमिका रहेको थियो । सन् १९७० का दशकसम्म आइपुग्दा कलाका क्षेत्रमा हुनुसक्ने रहुनुपर्ने भएभरका नवीन प्रयोग तथा प्रवर्तनहरू भइसकेका थिए, र समकालीन कलाकारहरूले तिनको आवृत्ति गर्ने कार्यलाई मात्र निरन्तरता दिइरहेका हुन् । गैर पाश्चात्य मुलुक र तेस्रो विश्वका मुलुकका लागि मोडर्निज्मको अवधारणा पश्चिमा जगत्भन्दा पृथक रहेको थियो । गैर पाश्चात्य मुलुकका कलाकारहरूले मोडर्निज्मभित्र आफ्ना ‘रुट्स’ (जरा) अर्थात् जातीय, क्षेत्रीय, राष्ट्रिय तथा सांस्कृतिक पहिचानलाई समेट्ने प्रयत्न गरेका थिए, र अद्यापि गरिरहेका छन् ।

Downloads

Download data is not yet available.
Abstract
46
PDF
46

Downloads

Published

2022-07-13

How to Cite

Rajbhandari, N. M. (2022). कलामा मोडर्निज्मः केही धारणा र तर्क (Modernism in Art: Some Concepts and Logics). SIRJANĀ – A Journal Of Arts and Art Education, 8(1), 80–89. https://doi.org/10.3126/sirjana.v8i1.46660

Issue

Section

Articles