विद्यार्थीको दृष्टिकोणमा प्रभावकारी शिक्षक Students' Perspectives on Effective Teachers

Authors

  • Bhagiratha Nyaupane Tribhuvan University

DOI:

https://doi.org/10.3126/sij.v6i1.78018

Keywords:

शिक्षकको व्यक्तित्व र व्यवहार, विषयवस्तुको गहनता, शिक्षण कौशल, निष्पक्ष मूल्याङ्कन, समय सान्दर्भिक प्रस्तुति

Abstract

कसरी शिक्षण गर्ने शिक्षकलाई विद्यार्थीले रुचाउँछन् भन्ने जिज्ञासाका आधारमा विद्यार्थीका विचार बुझेर, उनीहरूकै अनुभवका आधारमा शिक्षकका विशेषताहरू खोजी गर्नु यस लेखको मूल उद्देश्य रहेको छ । यहाँ घटना प्रतिक्रिया (फेनोमेनोलोजी) विधिको प्रयोग गरी अन्तर्वार्ताका माध्यमबाट तथ्य सङ्कलन गरिएको छ । सहभागीहरूबाट आएका तथ्यलाई मुख्य तीनवटा शीर्षकमा रही उनीहरूका केही भनाइलाई समेट्दै गुणात्मक पद्धतिअनुसार विश्लेषण गरिएको छ । यस अनुसन्धानमा शिक्षकको व्यक्तित्व र व्यवहार, विषयवस्तुसम्बन्धी पक्ष र विषयवस्तु पस्किने शैलीलाई शिक्षकका गुण पहिचानका आधार मानिएको छ । सहभागीहरूको विचारमा कुन विषयवस्तुलाई कसरी प्रस्तुत गर्ने भन्ने सन्दर्भमा शिक्षकले विद्यार्थीको पृष्ठभूमि बुझेर सबैलाई उपयुक्त हुने गरी समसामयिक समयसन्दर्भका प्रसङ्गहरूलाई जोड्दै शिक्षण गर्नु उपयुक्त हुन्छ । सबै विषयवस्तुका महत्त्वपूर्ण बुँदाहरूको स्लाइड बनाई प्रोजेक्टरको माध्यमबाट विद्यार्थीको अपेक्षानुरूप पढाउने र इन्टरनेटको प्रयोग गरी नयाँ–नयाँ कुराको खोज गर्न सिकाउने, समूहगत छलफल गराउने शिक्षकको शिक्षण विधि विद्यार्थीहरूले रुचाएका छन् । विद्यार्थीको रुचि र स्तरअनुसारको शिक्षणका लागि शिक्षक विषयवस्तुमा पोख्त भई प्रविधिमा उत्तिकै निपूर्ण हुनु आवश्यक छ । यस लेखले शिक्षण कार्यमा संलग्न शिक्षकहरूका साथै सरोकारवालाहरू सबैलाई सहयोग पुग्न सक्छ भन्ने अपेक्षा गरिएको छ ।

This study aims to explore the characteristics of teachers favored by students by understanding students' views and examining their experiences. Employing a phenomenological approach, data were collected through interviews and analyzed qualitatively by organizing the findings under three major themes, incorporating direct quotations from participants. The study identifies three primary domains as indicators of effective teaching: teachers' personality and behavior, subject-matter competence, and instructional style. According to participants, effective teaching involves understanding students' backgrounds and integrating contemporary, context-relevant examples into lessons to make content accessible to all learners. Students appreciated teachers who summarized key points using slides, employed projectors during instruction, encouraged internet-based research, and facilitated group discussions. The findings suggest that, to meet students' interests and proficiency levels, teachers must demonstrate strong subject-matter expertise alongside technological competence. It is anticipated that this study will offer valuable insights for teachers, educational practitioners, and stakeholders involved in the field of teaching and learning.

Downloads

Download data is not yet available.
Abstract
90
PDF
44

Downloads

Published

2025-04-29

How to Cite

Nyaupane, B. (2025). विद्यार्थीको दृष्टिकोणमा प्रभावकारी शिक्षक Students’ Perspectives on Effective Teachers. Siddhajyoti Interdisciplinary Journal, 6(1), 182–198. https://doi.org/10.3126/sij.v6i1.78018

Issue

Section

Articles