राजेश्वरी खण्डकाव्यमा काव्यगुण (Rajeshwari Khandakabyama Kabyaguna)
DOI:
https://doi.org/10.3126/sij.v5i1.63610Keywords:
अलङ्कार, ओज, प्रसाद, माधुर्य, रीतिAbstract
प्रस्तुत लेखमा राजेश्वरी खण्डकाव्यलाई काव्यगुणका आधारमा विश्लेषण गरिएको छ । गुणात्मक अनुसन्धान विधि र पाठविश्लेषण ढाँचामा तयार हुने यस लेखमा सामग्रीको स्रोत पुस्तकालय हो । पाठविश्लेषणको सैद्धान्तिक आधार संस्कृत काव्यचिन्तन अन्तर्गतको काव्यगुण रहने यस लेखको विश्लेषण गरिने कृति राजेश्वरी खण्डकाव्य हो । संस्कृत काव्यचिन्तनमा गुण काव्यको अनिवार्य तŒव हो । पूर्वीय काव्यपरम्परामा शब्दाश्रित र रसाश्रित धर्मका रूपमा परिचित गुणलाई आचार्यहरूले आआफ्ना समयमा आआफ्नै ढङ्गले वर्गीकरण गरी यसको सङ्ख्या बढाउने र घटाउने गरे पनि यस लेखमा त्रिगुणका आधारमा राजेश्वरी खण्डकाव्यको विश्लेषण भएको छ । संस्कृत काव्यचिन्तनले स्थापित गरेका त्रिगुणसम्बन्धी मान्यताका आधारमा राजेश्वरी खण्डकाव्य माधुर्य गुणको गुणगत सिद्धि अभिव्यक्त भएको कृति हो । काव्यिक रचनाका क्रममा कोमलकान्त पदावली, करूण रस तथा त्यसका माध्यमबाट पाठकका मानसिकतामा संवेदना सिर्जना गर्ने सुललित पदावली तथा तिनले सिर्जना गर्ने माधुर्यता यस काव्यलाई माधुर्य गुणप्रधान कृति तुल्याउने आधार हुन् । यस खण्डकाव्यमा माधुर्य गुणलाई गुणसिद्धि तुल्याउन सहयोगी भएर ओज र प्रसादगुणको अभिव्यञ्जना भएको छ । यस खण्डकाव्यमा ओजगुणको प्रस्तुति मानव मानसिकतामा रहेका रोष, आक्रोश तथा जगत्लाई मानवीय संवेदनाको अभिव्यक्ति स्पष्ट होस् भन्ने आधार निर्माण गर्ने सन्दर्भमा भएको छ भने त्यसले गुणप्राप्तिका दृष्टिले माधुर्य गुणको अभिव्यक्तिलाई साकार रूप दिन महŒवपूर्ण भूमिका खेलेको छ । यस लेखमा प्रसाद गुण ओजगुणका सापेक्ष कथ्यगत आलङ्कारिकता र अन्तर्वस्तुलाई पाठ्य, बोध्य र प्रस्तुतिगत प्रभावकारिता सिर्जनाका लागि प्रेरक रहेको विषयमा विमर्श भएको छ ।
In this article, the poetic qualities of Rajeshwari Khandakavya are analyzed using a qualitative research method and meta-analysis approach with library resources as the primary material. The analysis is rooted in Sanskrit poetic thought, particularly focusing on the concept of guna as the essential principle of poetry. While Sanskrit poetic tradition classifies poetic qualities differently over time, this study specifically examines Rajeshwari Khandakavya through the lens of triguna. The poem is celebrated for its melodious quality, which is believed to stem from the three qualities established in Sanskrit poetic thought. The composition, characterized by komalakanta padavali, karuna rasa, and sulalit padavali, evokes sensation in the reader's mind, contributing to its status as a masterpiece of melodious quality. The qualities of oj and prasad further enhance its melodic excellence. Oj guna, in particular, serves to clarify the expression of human emotions, thus solidifying the poem's melodious quality. Additionally, the article discusses narrative rhetoric and content relative to Madhav Prasad Ghimire, providing insights into creating textual, cognitive, and presentational effectiveness.
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Siddhajyoti Education Campus, Phosretar, Sindhuli