अन्तरक्रियात्मक शिक्षणप्रति नेपाली भाषा शिक्षकका दृष्टिकोण (Perspective of Nepali Language Teachers toward an Interactive Teaching Approach)

Authors

  • Laxmi Prasad Acharya Madhyampaschim University, Nepal

DOI:

https://doi.org/10.3126/sij.v5i1.63607

Keywords:

दृष्टिकोण, व्यावहारिक, सम्प्रेषणात्मक, स्वप्रेरित, अन्तरक्रिया, Perspective, practical, communicative, inspired, interaction

Abstract

प्रस्तुत अध्ययनमा अन्तरक्रियात्मक शिक्षणप्रति शिक्षकका दृष्टिकोणको विश्लेषण गरिएको छ । नेपाली भाषा शिक्षकले अन्तरक्रियात्मक कक्षाका सम्बन्धमा कस्ता धारणा राख्छन् भन्ने समस्यामा आधारित यस अध्ययनमा कर्णाली प्रदेशका विभिन्न विद्यालयमा कार्यरत शिक्षकका अनुभव तथा दृष्टिकोणलाई अध्ययनीय सामग्री बनाइएको छ । पियन्टा र अन्य (सन् २००८) द्वारा प्रस्तुत कक्षा अन्तरक्रिया मूल्याङ्कन अङ्कन प्रणालीका अनुसार निर्धारण गरिएका प्रतिमानमा आधारित प्रश्नावलीका र अन्तरक्रियात्मक कक्षासँग सम्बन्धित विषयमा आधारित खुल्ला अन्तर्वार्ताबाट तथ्याङ्कको सङ्कलन गरिएको छ । प्राप्त तथ्याङ्कलाई ब्राउन (सन् २००७) र सेन्थमराइ (सन् २०१८) द्वारा प्रस्तुत अन्तरक्रियात्मक कक्षाका परिचायत्मक विशेषता सम्बन्धी मान्यतालाई विश्लेषणको आधार बनाइएको छ । सहभागी शिक्षकहरूले कक्षामा गरिने छलफल र प्रश्नोत्तरलाई अन्तरक्रियाका रूपमा चिनाउदै त्यस्ता प्रविधिको प्रयोग भएको कक्षालाई अन्तरक्रियात्मक सिकाइका रूपमा अथ्र्याइएका छन् । शिक्षकहरूबाट विद्यार्थीकेन्द्री, सहयोगात्मक, अभ्यासमूलक सिकाइ अन्तरक्रियात्मक कक्षाका आधार भएको, यसका लागि आपसमा भावनात्मक सम्बन्ध हुनुपर्ने, अन्तरक्रियात्मक शिक्षण शिक्षकको भूमिकामा निर्भर रहने, अन्तरक्रियात्मक कक्षा कलात्मक शिक्षणबाट निर्माण हुने, सहभागीको सन्तुष्टि र उद्देश्यमूलक कार्यकलापमा अन्तरक्रियात्मक कक्षाको औचित्य खुल्ने, यसका लागि कक्षाबाहिरको अन्तरक्रिया आवश्यक रहने, पाठ्यपुस्तकमा अन्तरक्रियात्मक पाठ्यवस्तु समावेश हुनुपर्ने, यस किसिमको शिक्षण सिकाइ जोखिमयुक्त रहेकोले यसमा सबै पक्षको सहयोग आवश्यक रहने धारणा सहभागी शिक्षकहरूका छन् । अन्तरक्रियामूलक कक्षाको निर्माण गर्न सकिएको खण्डमा माध्यमिक तहमा नेपाली भाषा शिक्षण प्रभावकारी बन्ने सुझाव शिक्षकहरूले दिएका छन् ।

The present study investigates the points of view of educators on the interactive pedagogical approach. Based on concerns regarding the comprehension of interactive classrooms by Nepali language teachers, the perspectives and experiences of active teachers were analyzed in various institutions in the province of Karnali. The research integrates relevant data for analysis obtained from questionnaires that comply with the evaluation criteria for class interaction and open interviews on subjects discussed in interactive classrooms. The acquired data was analyzed in accordance with the characteristics of interactive classrooms identified by Brown (2007) and Santamaria (2018). Classrooms that recognize question-and-answer sessions and discussions as forms of interaction have been successfully converted into interactive learning environments, according to the study. Those techniques that have been implemented in the classroom have facilitated interactive learning. The study highlights the need for emotional connections among participants, teacher's role in interactive teaching, the development of interactive classrooms through creative teaching methods, the implication of participant satisfaction, and objective-oriented actions for the significance of interactive classrooms. For this determination, external interaction, integration of interactive content in textbooks is essential, and since this type of teaching involves risks, it requires support from all stakeholders. Similarly, teachers have been provided recommendations to make Nepali language teaching effective at the secondary level.

Downloads

Download data is not yet available.
Abstract
65
PDF
49

Author Biography

Laxmi Prasad Acharya, Madhyampaschim University, Nepal

लक्ष्मीप्रसाद आचार्य मध्यपश्चिम विश्वविद्यालय, ग्य्राजुएट स्कुल अफ एजुकेसन, सुर्खेतमा उपप्राध्यापक हुनुहुन्छ । उहाँले नेपाल खुला विश्वविद्यालय मानभवन, ललितपुरबाट एम.फिल उत्तीर्ण गर्नु भएको छ । हाल उहाँ त्रि.वि.मा नेपाली शिक्षा विषयको विद्यावारिधि शोधार्थीका रही शोधकार्यमा संलग्न हुनुहुन्छ । उहाँको अध्ययनको रुचि भाषा शिक्षण सिकाइको क्षेत्र रहेको छ ।

Downloads

Published

2024-03-18

How to Cite

Acharya, L. P. (2024). अन्तरक्रियात्मक शिक्षणप्रति नेपाली भाषा शिक्षकका दृष्टिकोण (Perspective of Nepali Language Teachers toward an Interactive Teaching Approach). Siddhajyoti Interdisciplinary Journal, 5(1), 152–166. https://doi.org/10.3126/sij.v5i1.63607

Issue

Section

Articles