दिव्योपदेशपूर्वका सनद, तमसुक तथा सम्झौतासम्बन्धी अभिलेखहरूको सर्वेक्षण

Authors

  • यमनाथ तिमिल्सिना TU

DOI:

https://doi.org/10.3126/sij.v4i1.54147

Keywords:

अभिलेख, इजर, कटक, कर्जा, तमसुक, वितलप, सनद

Abstract

यो आलेख दिव्योपदेशपूर्वका सनद, तमसुक तथा सम्झौतासम्बन्धी अभिलेखहरूको सर्वेक्षणमा केन्द्रित रहेको छ । पुस्तकालयबाट द्वितीयक सामग्री सङ्कलन गरेर आवश्यक विषय पहिचान गरिएको हो । यहाँ निगमनात्मक तथा वर्णनात्मक विधिलाई अवलम्बन गरिएको छ । आलेखलाई छोटो–छरितो बनाउने क्रममा सूत्रात्मक शैली अपनाइएको छ । अनुसन्धेय विषय ऐतिहासिक तथा भाषिक भएकाले विषयविज्ञको सुझावलाई पनि समेटिएको छ । विषयको सार खिच्दा आगमनात्मक विधिलाई पछ्याइएको छ । खारी प्रदेशका राजा नागराज कर्णाली प्रदेशको जुम्लास्थित सिंजामा आई खसराज्य स्थापना गरेको र तिनैका वंशज वा नागरिकहरूले खस भाषामा अभिलेख लेख्न लगाएको तथ्यलाई यहाँ प्रस्तुत गरिएको छ । वि.सं. १४९७ देखि सनद, तमसुक तथा सम्झौता भएका अभिलेख टङ्कण गर्न लागेको ऐतिहासिक तथ्यलाई देखाउँदै त्यसपछिको दिव्योपदेशपूर्वका अभिलेखलाई विषयक्षेत्र पहिचान गर्दै अभिलेखको महŒव स्थापित गरिएको छ । अग्रज विद्वान्हरूको कार्यको सूत्रात्मक विवरण प्रस्तुत गर्दै अध्ययन हुन बाँकी विषय पहिचान गरी अध्ययनलाई व्यवस्थित र भरपर्दाे बनाइएको छ । सम्बन्धित अभिलेखहरूको स्रोतविवरण आधिकारिक बनाउन लेखन समय, अभिलेखको नाम, शोधकर्ता, कृति र पृष्ठसमेत समावेश गरी तालिका पेस गरिएको छ । समग्र सामग्रीलाई तीन भागमा विभाजन गरी उपशीर्षकमा प्रस्तुत गरिएको छ– जग्गा प्रदान गरिएका सनदहरू, लेनदेनका तमसुकहरू र दुई पक्षका बिच भएका सम्झौताहरू । सनद, तमसुक तथा सम्झौतापत्रका माध्यमबाट राजामहाराजा तथा विशिष्ट व्यक्तित्वहरूले ‘भूमिदान महादान’ भन्ने मूल मन्त्र अघि सार्दै धनसङ्ख्या र धर्मसङ्ख्या गरी चार किल्ला तोकेर जमिनदान गरेको र त्यसले समाजलाई सकारात्मक प्रभाव पारेको तथ्यलाई निष्कर्षका रूपमा प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
35
PDF
40

Author Biography

यमनाथ तिमिल्सिना, TU

डा. यमनाथ तिमिल्सिना त्रिभुवन विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक हुनुहुन्छ । डा. तिमिल्सिनाले नेपाली विषयमा एमए र ‘नेपाली अभिलेखीय शब्दको अध्ययन’ (२०६३) शीर्षकमा विद्यावारिधि गर्नु भएको छ । नेपाली भाषा र भाषाविज्ञान सम्बन्धमा डा. तिमिल्सिनाका शोधग्रन्थ र अनुसन्धानमूलक लेखहरू प्रकाशित भएका छन् ।

Downloads

Published

2023-04-25

How to Cite

तिमिल्सिना य. (2023). दिव्योपदेशपूर्वका सनद, तमसुक तथा सम्झौतासम्बन्धी अभिलेखहरूको सर्वेक्षण. Siddhajyoti Interdisciplinary Journal, 4(1), 203–216. https://doi.org/10.3126/sij.v4i1.54147

Issue

Section

Articles