राजवंशीहरूको आफ्नो भाषाप्रतिको भाषिक अभिवृत्तिको विश्लेषण

Authors

  • पुष्पादेवी भण्डारी TU

DOI:

https://doi.org/10.3126/sij.v4i1.54146

Keywords:

राजवंशी भाषा, भाषिक अभिवृत्ति, भाषिक समुदाय, समाजभाषावैज्ञानिक सिद्धान्त, आदिवासी, जाति, जनजाति ।

Abstract

प्रस्तुत लेख ‘राजवंशीहरूको आफ्नो भाषाप्रतिको भाषिक अभिवृत्तिको विश्लेषण’ शीर्षकमा केन्द्रित छ । यस लेखमा समाजभाषावैज्ञानिक पद्धतिमा आधारित भएर राजवंशीहरूको भाषिक जीवन्तता, बहुभाषिक स्थिति, भाषिक प्रयोग र अभिवृत्तिको अवस्था के कस्तो रहेको छ ? भनी खोजी गर्ने प्रयास गरिएको छ । यसै क्रममा मिश्रित (गुणात्मक तथा परिमाणात्मक) अनुसन्धान ढाँचा अवलम्बन गरी राजवंशीभाषी वक्ता, उक्त भाषाका अध्येता, भाषा संस्कृतिको संरक्षण र संवद्र्धनमा सम्लग्न अभियान्ताहरूसँग प्रत्यक्ष भेटघाट गरी प्राथमिक र द्वितीयक दुवै स्रोतबाट तथ्याङ्कहरू सङ्कलन गरिएको छ । प्राथमिक तथ्याङ्क अन्तर्गत निर्मित प्रश्नावली, अन्तर्वार्ता र सम्बन्धित पक्षहरूसँग प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा सहभागी भएर सङ्कलन गरिएको छ भने द्वितीयक स्रोत अन्तर्गत सम्बन्धित निकाय, तथ्याङ्क विभाग, विभिन्न पत्रपत्रिका, लेख रचनाहरू आदिबाट लिइएको छ । सङ्कलित तथ्याङ्कबाट विभिन्न थिम एवम् आशय निर्माण गरी प्राप्त नतिजालाई गुणात्मक र परिमाणात्क रूपमा मिश्रित ढाँचामा प्रस्तुत गरिएको छ । यो लेख भाषाका अध्येताहरूले राजवंशी भाषाका भाषिक जीवन्तता, भाषाप्रयोगको स्थिति र भाषिक अभिवृत्तिका बारेमा जानकारी लिन, आदिवासी तथा जनजातिहरूका भाषिक अवस्थाका बारेमा अध्ययन गरी भाषाका संरक्षण र संवद्र्धनका लागि योजना निर्माण गर्न, अदिवासी समुदायमा मातृभाषा शिक्षणका लागि पाठ्यक्रम निर्माण र पाठ्यपुस्तक लेखनमा सहयोग पु¥याउन, राज्यलाई मातृभाषाहरूका संरक्षण, संवद्र्धन र विकासका लागि भाषिक नीति र योजना निर्माण गर्न र यस विषयमा चासो राखी अध्ययन अनुसन्धान गर्न चाहने अनुसन्धानकर्ताहरूलाई समेत प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पु¥याउनको लागि उपयोगी हुने छ ।

Downloads

Download data is not yet available.
Abstract
38
PDF
44

Author Biography

पुष्पादेवी भण्डारी, TU

पुष्पादेवी भण्डारी सहिद रामनाथ दाहाल स्मृति एकेडेमीको क्याम्पस प्रमुखको रूपमा कार्यरत हुनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्र संकाय अन्तर्गत वि.सं. २०६९ मा स्नातकोत्तर गर्नु भएको छ । हाल त्रिभुवन विश्वविद्यालयबाटै शिक्षाशास्त्र संकाय अन्तर्गत नेपाली शिक्षा विषयमा विद्यावारिधि अध्ययनमा संलग्न हुनुहुन्छ । उहाँ विगत १०÷१२ वर्षदेखि शिक्षण पेसामा आवद्ध भएकाले अध्ययन अध्यापनमै विशेष रूचि रहेको छ ।

Downloads

Published

2023-04-25

How to Cite

भण्डारी प. (2023). राजवंशीहरूको आफ्नो भाषाप्रतिको भाषिक अभिवृत्तिको विश्लेषण. Siddhajyoti Interdisciplinary Journal, 4(1), 191–202. https://doi.org/10.3126/sij.v4i1.54146

Issue

Section

Articles