‘झरेको पात’ उपन्यासमा आञ्चलिकता

Authors

  • महेन्द्रकुमार मल्ल MPU

DOI:

https://doi.org/10.3126/sij.v4i1.54145

Keywords:

आञ्चलिकता, स्थानीय रङ, पाल्सी बोली, सामन्ती सत्ता, बिम्ब, लोकतŒव ।

Abstract

कुनै खास स्थान विशेषको सामाजिक, सांस्कृतिक, प्राकृतिक, वेषभूषा, रहनसहन, पात्रीय मनोदशा, भौगोलिक, आर्थिक, भाषिक, राजनीतिक, ऐतिहासिक आदि विविध पक्षको विशिष्ट अङ्कन अङ्कन गर्नुलाई आञ्चलिकता भनिन्छ । ‘झरेको पात’ उपन्यासमा पनि यस्ता स्थानीय रङहरूलाई विशिष्ट एवं सूक्ष्म ढङ्गले चित्रण गरिएको छ । यस अध्ययनमा गुणात्मक विधिको उपयोग गरिएको छ । यसमा दैलेख जिल्लादेखि सुर्खेत हुँदै बर्दिया र टीकापुरसम्मको भौगोलिक, प्राकृतिक, सामाजिक, राजनीतिक, ऐतिहासिक, आर्थिक, भाषिक पक्ष, वेषभूषा, रहनसहन, प्रथा, परम्परा, स्थानीय मनोदशा आदिको सूक्ष्म अङ्कन गरेको छ । आञ्चलिकताको परिचय र अर्थ बताउनु एवम् ‘झरेको पात’ उपन्यासलाई आञ्चलिक उपन्यास बनाउने आधारहरू पहिल्याउनु नै यस अनुसन्धानको मुख्य उद्देश्य हो । सामाजिक जीवनको जीवन्त प्रस्तुति रहेको छ । विवाह, ब्रतबन्ध, चाडपर्व, मेलापात, घाँसदाउरा, देवीदेउताको पूजाआजा, धामीझाँक्री प्रथा, लोकगीत र लोकसंगीतको प्रस्तुति, जाँडरक्सी, जुवातास जस्ता कुप्रथा, खेतीपाती, पशुपालन आदिलाई सही ढङ्गले उधिनिएको छ । वि.सं. २०५२ सालबाट प्रारम्भ भएको माओवादी सशस्त्र विद्रोह र त्यसले स्थानीय तहमा पारेको प्रभावलाई पनि यथार्थ रूपमा देखाइएको छ । संविधान सभाबाट संविधान निर्माणको राजनीतिक सन्दर्भ, राजतन्त्रको ढल्किँदो बैँसदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्मको नेपालको आलो इतिहास र त्यसको स्थानीय स्तरमा परेको प्रभाव, ग्रामीण भेकमा चेतनाको स्तर, रूढि र अन्धविश्वास, स्थानीय पाल्सी भाषा, उखानटुक्का, भाषिका वा बोलीको विशिष्ट प्रयोग, जीवनका विविध पक्षको प्रभावले उत्पन्न गरेको पात्रीय विशिष्ट मनोभाव आदिको चित्रणले उपन्यास विशिष्ट बन्न पुगेको छ । यिनै विविध विशिष्ट प्रयोगका कारण ‘झरेको पात’ आञ्चलिक उपन्यास बन्न पुगेको छ ।

Downloads

Download data is not yet available.
Abstract
41
PDF
46

Author Biography

महेन्द्रकुमार मल्ल, MPU

डा.महेन्द्रकुमार मल्ल, त्रिभुवन विश्वविद्यालय, सुर्खेत बहुमुखी क्याम्पस, सुर्खेतमा प्राध्यापनरत हुनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालय, मानविकि तथा सामाजिक शास्त्र सङ्कायबाट विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ । भाषासाहित्य, नेपाली भाषाशिक्षण र भाषाविज्ञानका क्षेत्रमा उहाँको योगदान रहेको छ ।

Downloads

Published

2023-04-25

How to Cite

मल्ल म. (2023). ‘झरेको पात’ उपन्यासमा आञ्चलिकता. Siddhajyoti Interdisciplinary Journal, 4(1), 177–190. https://doi.org/10.3126/sij.v4i1.54145

Issue

Section

Articles