‘काम्यो लुग्लुग त्यो’ कविताको सङ्कथन विश्लेषण
DOI:
https://doi.org/10.3126/sij.v4i1.54144Keywords:
सङ्कथन, संयुक्ति, संसक्ति, भौतिक सन्दर्भ, संज्ञानात्मक सन्दर्भAbstract
पाठको अध्ययन गर्ने भाषाविज्ञानको एउटा महŒवपूर्ण अङ्गका रूपमा सङ्कथन विश्लेषणलाई लिइन्छ । यस लेखमा सङ्कथन विश्लेषण गर्नका निम्ति भीमनिधि तिवारीको ‘काम्यो लुग्लुग त्यो’ शीर्षकको कविता छनोट गरिएको छ । सङ्कथन विश्लेषण गर्ने उद्देश्यले कविताबाट शब्दगत, वाक्यगत तथा श्लोकगत तथ्यलाई आधार बनाई असम्भावनात्मक नमुना छनोट पद्धतिअनुसार तथ्य सङ्कलन गरिएको छ । सङ्कथनमा प्रयुक्त संसक्ति विश्लेषण र सन्दर्भपरक विश्लेषण गर्न गुणात्मक पद्धतिको प्रयोग गरिएको छ । माघ महिनाको चिसो मौसममा गरिब वर्गको प्रतिनिधि पात्रले भोगेका दुःख, दर्दहरूलाई मार्मिक तथा कारुणिक ढङ्गले यस फुटकर रचनामा प्रस्तुत गरिएको छ । सङ्कथनको विषयवस्तुका रूपमा नेपाली समाजको सामाजिक स्तरमा प्रत्यक्ष देखिने यथार्थ घटना आएको छ । यस कवितामा उठान गरिएको विषयवस्तु करिब छ दशकपछि व्यवस्थाको परिवर्तनअनुसार जनताको अवस्थामा परिवर्तन नआएको वर्तमानपरिप्रेक्षमा पनि उत्तिकै सान्दर्भिक छ । यस कविताले आजको मानिसले निर्दयीपन त्यागेर आपसी सहयोगमा जुट्न सक्नुपर्छ भन्ने सन्देश दिनुका साथै कवितामार्पmत सर्जकले सामाजिक परिवेशको बेमेलको स्थितिलाई प्रस्तुत गरी अप्रत्यक्ष रूपमा परिवर्तन तथा समानताको अपेक्षा र आह्वान पनि गरेका छन् । यो लेख सामान्यतया सन्दर्भ विश्लेषण र कविताको विश्लेषणसँग सम्बन्धित अनुसन्धानकर्ता, शिक्षक र विद्यार्थी आदिलाई सहयोगी सामग्री बन्न सक्छ भन्ने अपेक्षा गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Siddhajyoti Education Campus, Phosretar, Sindhuli