द्विभाषिकता तथा बहुभाषिकताको सापेक्षतामा बहुभाषिक शिक्षा
DOI:
https://doi.org/10.3126/sij.v4i1.54143Keywords:
बहुभाषी समाज, बहुभाषामा शिक्षा, एकलभाषी शिक्षण, भाषान्तरण, प्रवर्धनात्मक द्विभाषिकता, अधिग्रहणAbstract
आर्थिक, सामाजिक, राजनैतिक, शैक्षिक र ऐतिहासिक पक्षका दृष्टिले बहुभाषिकतालाई विश्वव्यापी साझा अवधारणाका रूपमा लिइन्छ । प्रस्तुत लेखमा द्विभाषिकता तथा बहुभाषिकताको परिचय, परिभाषा र यसका प्रकार साथै बहुभाषिक शिक्षाको अवधारणालाई चर्चा गरिएको छ । गुणात्मक प्रकृतिको प्रस्तुत लेखमा पुस्तकालयका माध्यमका आधारमा तथ्याङ्क सङ्कलन गरिएको छ । सङ्कलित तथ्याङ्कलाई वर्णनात्मक तरिकाले विभिन्न शीर्षक र उपशीर्षकमा विश्लेषण गरिएको छ । द्विभाषिक र बहुभाषिक शब्दको प्रयोग एकभन्दा बढी भाषा प्रयोगका सन्दर्भमा गरिन्छ । यसका साथै बहुभाषिक, द्विभाषिक र त्रैभाषिक शिक्षालाई बहुभाषिक शिक्षाको अवधारणाभित्र समेटिएको छ । बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक समाजमा विभिन्न गतिविधि सञ्चालनका क्रममा तथा आपसी सम्प्रेषणका लागि प्रयोग हुने भाषाको अवस्था द्विभाषिकता तथा बहुभाषिकताको हो । बहुभाषिकताले कम्तीमा दुई भाषामा सम्प्रेषणको सामथ्र्यताको अपेक्षा गर्ने हुँदा बहुभाषिक शिक्षाको आवश्यकता ज्वलन्त बनेको देखिन्छ । बहुजातीय समाजमा विभिन्न गतिविधि सञ्चालन, एवम् आपसी सम्प्रेषणका दुई भाषाको प्रयोग हुने अवस्था द्विभाषिकता तथा बहुभाषिकता भएकाले यसको महŒवपूर्ण आधार बहुभाषिक शिक्षा हो । बहुभाषिक शिक्षाले घरको भाषा र विद्यालयको भाषालाई जोडी विस्तृत सञ्चारको भाषालाई शिक्षाको पहुँचमा पु¥याउने उद्देश्य राखेको देखिन्छ । नेपालको सन्दर्भमा भने बहुभाषामा शिक्षा, मातृभाषामा शिक्षा वा मातृभाषाको शिक्षा भन्ने उद्देश्य स्पष्ट भएर मात्र बहुभाषिक शिक्षा नीति बनाएर कार्यान्वयन गर्न सकेमा प्रभावकारी हुने बुझाइलाई लेखको निष्कर्षको रूपमा प्रस्तुत गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.