नेपालको भाषिक नीति र मातृभाषामा शिक्षा Nepalko bhashik niti ra matribhashama shiksha
DOI:
https://doi.org/10.3126/sij.v3i1.46271Keywords:
बहुभाषिकता, भाषिक विविधता, मातृभाषा, लोपोन्मुख, संरक्षण, भाषिक अधिकारAbstract
यस लेख नेपालको भाषिक नीति र मातृभाषामा शिक्षा शीर्षकमा तयार पारिएको छ । यस लेखमा नेपालको भाषिक नीतिमा के के छन् ? मातृभाषामा शिक्षणमा के कस्ता प्रयासहरू भएका छन् ? आधारभूत तह (१–३) मा मातृभाषामा शिक्षणका अवसर र चुनौती के कस्तो रहेको छ ? भन्ने विषयलाई समस्याका रूपमा प्रस्तुत गरिएको छ । त्यसैगरी नेपालको भाषानीति, नेपालको भाषिक परिवेश र नेपालमा मातृभाषामा शिक्षणका लागि भएका सरकारी र गैरसरकारी प्रयासहरूको अध्ययन गर्नुका साथै यसका अवसर र चुनौतीहरूको विश्लेषण गर्नुलाई उद्देश्यका रूपमा प्रस्तुत गरिएको छ । यस लेखमा पुस्तकालयीय अध्ययन प्रक्रियाबाट सामग्री सङ्कलन गर्नुका साथै यससम्बन्धी विषय विशेषज्ञहरूका श्रव्य, दृश्य अन्तर्वार्ता लगायतका सामग्रीवाट त्यसको अध्ययन विश्लेषण गरिएको छ । यसमा वर्णनात्मक तथा विश्लेषणात्मक विधिको प्रयोग गरिएको छ । मूलत यस लेखमा प्रारम्भिक तहका कक्षामा मातृभाषामा पठनपाठन गर्नुपर्ने कुरामा नेपाल सरकारले संविधानमा भाषाका बारेमा गरिएको व्यवस्था र मातृभाषामा भएका सरकारी प्रयास तथा यसका चुनौतीहरूलाई प्रस्तुत गरिएको छ । त्यसैगरी नेपालको भाषिक परिवेशमा मातृभाषा शिक्षाको आवश्यकता, आधारभूत तह (१–३) मा मातृभाषामा शिक्षण गर्नुपर्ने कारण र यसका सकारात्मक पक्षहरू, मातृभाषामा शिक्षाका चुनौतीहरूलार्ई प्रस्तुत गरिएको छ । आधारभूत तहमा मातृभाषामा शिक्षण गर्दा आइपरेका समस्याहरूलाई कसरी अवसरका रूपमा बदल्न सकिन्छ भन्ने कुराहरूलाई लेखको निष्कर्षमा सुझावको रूपमा प्रस्तुत गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.