गुणस्तरीय शिक्षाका लागि पेसागत विकासको अपरिहार्यता Gunastariya Shikshaka lagi pesagat bikasako apariharyata
DOI:
https://doi.org/10.3126/sij.v3i1.46270Keywords:
आत्ममूल्याङ्कन, कार्यमूलक अनुसन्धान, प्रतिबिम्बात्मक अभ्यास, बहुभाषिक कक्षा, संज्ञानात्मक विकास, स्वनिर्देशित सिकाइAbstract
शिक्षकको पेसागत विकासले विद्यार्थी सिकाइ र गुणस्तरीय शिक्षाको विकासमा प्रत्यक्ष भूमिका खेल्छ । शिक्षण पेसालाई सिकाइ सङ्गठनको आधारका रूपमा विकास गर्न पेसागत विकासले सहयोग गर्नुपर्छ । उल्लिखित सन्दर्भका आधारमा यस अध्ययनमा पूर्व सेवाकालीन, सेवाकालीन तालिम, शैक्षिक भ्रमण, शिक्षण सिकाइ प्रोत्साहनमूलक कार्यक्रम, कार्यमूल्याङ्कन, प्रविधिमा पहुँचको विस्तार, नवीन विधि तथा प्रविधि उपयोगका तौरतरिका आदिको चर्चा गरिएको छ । अध्ययनले व्यक्तिगत अभ्यास र संस्थागत दायित्वलाई केन्द्रमा राखेर स्वाध्ययन, आत्ममूल्याङ्कन, खोजअन्वेषण, कार्यमूलक अनुसन्धान, प्राज्ञिक उन्नयनका सन्दर्भमा शिक्षकलाई सबल बनाउँदै लैजाने विषयवस्तुलाई समेटेको छ । यसका साथै बहुभाषिक मुलुकमा सबै भाषाभाषीको सम्मान गर्दै भाषिक न्यायलाई स्थापना गर्नुपर्ने सन्दर्भ, बालमनोविज्ञान र कक्षामा त्यसको असर लगायतका विषयलाई प्रस्तुत गरिएको छ । अध्ययनमा शिक्षकको पेसागत विकासले शिक्षाको गुणस्तरमा पार्ने प्रभावका बारेमा सैद्धान्तिक चर्चा भए पनि कार्यान्वयन र प्रबोधीकरणको तह कमजोर रहने गरेको निष्कर्ष प्राप्त भएको छ । गुणात्मक विश्लेषणमा आधारित यस अध्ययनमा मूलतः सरकारी निकायबाट प्रकाशित प्रतिवेदन, दस्तावेज लगायतका अन्य सामग्रीलाई मूल सन्दर्भका रूपमा लिइएको छ । पेसागत विकासका लागि नीतिगत पक्ष सबल रहे पनि प्रशासनिक तथा प्रभावकारी शैक्षिक व्यवस्थापन गरिनु अपरिहार्य रहने निष्कर्षका साथमा यो अध्ययन पूरा भएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.