विश्वमा नेपाली भाषाको प्रभाव र यसका चुनौतिहरू Bishwama Nepali bhashako prabhaw ra yaska chunautiharu

Authors

  • प्रकाशचन्द खत्री Tribhuvan University

DOI:

https://doi.org/10.3126/sij.v3i1.46269

Keywords:

विश्वव्यापीकरण, भाषिक भूगोल, आधुनिकीकरण, बहुसांस्कृतिक, भाषिक अपक्षय, व्यापकतत्व, भाषिक जागरण

Abstract

स्तुत लेख नेपाली भाषाको विश्वव्यापीकरणसँग सम्बद्ध रहेको छ । यसमा मुख्यतयाः भाषिक विस्तार र यसका प्रभावबारे चर्चा गरी विश्वमा नेपाली भाषाको विस्तार के, कसरी भएको छ यसका चुनौति के के रहका छन् भन्ने विषयमा केन्द्रित रहेको छ । यो लेख तयारी गर्न गुणात्मक विधि प्रयोग गरी सामग्री सङ्कलन र विश्लेषण गरिएको छ । नेपाली भाषाको विकास र विस्तारसम्बन्धी विभिन्न प्रकाशित पुस्तक, पत्रपत्रिका र अनुसन्धानात्मक कृतिको अध्ययन गरी प्राप्त अवधारणाको व्याख्या विश्लेषण गर्न विभिन्न तर्क र तथ्यको प्रयोग गरिएको छ । विशेषतः भाषिक विस्तार भन्नाले भाषालाई व्यापक रूपमा हेर्ने दृष्टिकोण हो । कुनै एउटा भाषाको प्रयोग निश्चित कुनै भूगोलमा मात्रै सीमित गर्नु हँुदैन र सामाजिक सँस्कृतिमा केन्द्रित गर्नु हँुदैन । सूचना र प्रविधिको विकाससँगै भाषाको विकास र विस्तार पनि विश्वका कुना कन्दरामा पु¥याउनु पर्छ भन्ने मान्यतालाई यसमा अंगिकार गरिएको छ । भाषिक भूगोलको व्यापकता, अन्तर्राष्ट्रिय व्यापार, भूअर्थतन्त्र र कुटनीतिका क्षेत्रमा कुनै खास भाषाको प्रयोग गर्नु भाषिक विश्वव्यापीकरणको परिणाम मान्न सकिन्छ । प्रस्तुत लेख भूमण्डलमा नेपाली भाषाको प्रयोग के, कसरी भएको छ यसका सकारात्मक पक्ष के के हुन् भन्ने कुरालाई उजागर गर्दै नेपाली भाषाको विस्तारमा देखिएका चुनौतिहरू के कस्ता छन् भन्ने कुरालाई स्पष्ट पार्न खोजिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
97
PDF
69

Downloads

Published

2022-06-30

How to Cite

खत्री प. . (2022). विश्वमा नेपाली भाषाको प्रभाव र यसका चुनौतिहरू Bishwama Nepali bhashako prabhaw ra yaska chunautiharu. Siddhajyoti Interdisciplinary Journal, 3(1), 25–36. https://doi.org/10.3126/sij.v3i1.46269

Issue

Section

Articles