लाहुरी भैंसी कथामा चेतन र अचेतन वस्तुवक्रता Lahuri bhainsi kathama chetan ra achetan bastubakrata
DOI:
https://doi.org/10.3126/sij.v3i1.46267Keywords:
अचेतन वस्तु, कविकर्म कौशल, चेतन वस्तु, मनस्थिति, वस्तुवक्रता, वाक्यशृङ्खला, सौन्दर्यAbstract
रमेश विकलद्वारा रचित लाहुरी भैँसी कथाको प्रायोगिक अध्ययन संस्कृतका आचार्य कुन्तकद्वारा प्रतिपादित वक्रोक्तिसिद्धान्तको चेतन वस्तु र अचेतन वस्तुवक्रताका आधारमा गरिएको छ । यस लेखमा चेतन वस्तु र अचेतन वस्तुवक्रताको सैद्धान्तिक पर्याधार अनुरूप बनाइएको विश्लेषणको ढाँचाअनुसार शोध्य कृतिबाट चेतन वस्तु र अचेतन वस्तु एवम् तिनका विभिन्न उपकरणसँग सम्बद्ध सामग्री सङ्कलन गरी तिनको विश्लेषण गरिएको छ । यसमा सर्वप्रथम चेतन वस्तुवक्रतासँग सम्बद्ध सामग्रीमा प्रस्तुत कथाका प्रमुख पात्र लुखुरे र द्वारेको मानसिक व्यापार, समाख्याताको दृष्टिकोण, पात्रहरूको भौतिक अवस्था र सोचाइबाट उत्पन्न अन्तद्र्वन्द्वसँग सम्बद्ध सामग्रीको विश्लेषणबाट उत्पन्न सौन्दर्र्य खोजिएकोे छ । अचेतन वस्तुवक्रतामा घटनाको स्थानिक र कालिक स्थिति, गालीगलौज र अपमानबोधक सामाजिक परिवेश, देवीदेवताको पुकार र मान्यजनप्रतिको सम्मानबोधक सांस्कृतिक स्थिति, गरिबप्रति सामन्तको थिचोमिचो जनाउने सामन्ती व्यवहारका कार्यबाट चेतन वस्तुको मनस्थिति प्रभावित भएका सम्बद्ध प्रमाण खोजी तिनका आधारमा अचेतन वस्तुवक्रताको सौन्दर्य केलाइएको छ । त्यस्तै चेतन वस्तुका कार्यकलापमा प्रभाव पार्ने गरी गौण चेतन वस्तु (मानवेतर पात्र) लाहुरी भैँसीको चित्रणबाट लुखुरे र द्वारेका मनमा परेका प्रभावको चित्रण पनि प्रस्तुत कथामा फरकफरक किसिमबाट गरिएको छ । यसरी प्रस्तुत कथामा चेतन वस्तुका कार्यकलापलाई उद्वेलित तुल्याउने गरी गौण चेतन वस्तु र अचेतन वस्तुका विविध पक्षको वर्णन गरिएकाले विश्लेष्य कथा चेतन वस्तु, अचेतन वस्तु र गौण चेतन वस्तुवक्रताका दृष्टिले कलात्मक रहेको निष्कर्ष निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.