हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
DOI:
https://doi.org/10.3126/sij.v2i01.39253Keywords:
सबाल्टर्न, वर्गविभेद, शक्तिसम्बन्ध, प्रतिरोध, सांस्कृतिक अध्ययन, आवाजविहीनता, प्रभुत्वशाली संस्कृतिAbstract
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित, आवाजविहीन, सर्वहारा, गरिब, किनारीकृत समूह नै सबाल्टर्न समूह हुन् । सबाल्टर्न अध्ययन सांस्कृतिक अध्ययनको नवीन पद्धति हो । यसभित्र जुनसुकै प्रकारका विभेदका कारण किनारीकृत हुन पुगेका सबै शोषित वर्गलाई समेटिन्छ । यसले साहित्यमा अभिव्यक्त भएको सीमान्तीकृत समूहको स्थिति, प्रभुत्वशाली शक्ति र विचारधाराको खोजी गर्दछ । प्रस्तुत अध्ययनमा सबाल्टर्न सिद्धान्तका आधारमा इस्मालीकृत ‘हरिशरण रामको पुनरागमन’कथामा सबाल्टर्न वर्गको जातीय, धार्मिक र भौगोलिक अवस्था पहिचान गरिएको छ साथै कथामा देखिएको सबाल्टर्नको स्थान, प्रभुत्वशाली संस्कृति र प्रतिरोधको अवस्थाको विश्लेषण गरिएको छ । प्रस्तुत कथामा नेपालको महोत्तरी जिल्लामा रहेका चमार जातिलाई सबाल्टर्न वर्गका रूपमा चित्रण गरी उनीहरू अझै शक्तिको केन्द्रमा आउन नसकेको र प्रतिरोध गर्न नसकेको अवस्था प्रस्तुत गरिएको छ । कथामा प्रकट भएको विषयवस्तु र पात्र नेपालको तत्तत् क्षेत्रकाआज पनि सबाल्टर्न जीवन बाँचेको देखिन्छ । त्यसैले सबाल्टर्न वर्ग बुझ्न यस कथाको अध्ययन गर्नु उपयोगी देखिन्छ । प्रस्तुत कथामा पाठविश्लेषण विधिबाट प्रस्तुत कथाका पात्र जातीयताका साथै धार्मिक, भौगोलिक सबाल्टर्न पनि रहेका छन् र उनीहरू आवाजवीहीन रहेका छन् भन्ने निष्कर्ष निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Siddhajyoti Education Campus, Phosretar, Sindhuli