सार्वजनिक विद्यालयका शिक्षकहरूप्रति विद्यालय व्यवस्थापन समिति र विद्यार्थीको व्यवहार अध्ययन Saarbajanik Bidhyalayaka Shikshakharuprati bidhyalaya byabasthaapan samiti ra bidhyaarthiko byabahaar adhyayan

Authors

  • भोलाप्रसाद Bhola Prasad साह Sah Tribhuvan University
  • दावा Dawa शेर्पा Sherpa Tribhuvan University

DOI:

https://doi.org/10.3126/sij.v2i01.39252

Keywords:

मानव सम्बन्ध सिद्धान्त, सद्भावपूर्ण व्यवहार, प्रजातान्त्रिक व्यवहार, सकारात्मक व्यवहार

Abstract

यस अध्ययनको मुख्य उद्देश्य सार्वजनिक विद्यालयका शिक्षकप्रति विद्यालय व्यवस्थापन समिति र विद्यार्थीकाव्यवहारको अध्ययन गर्नु रहेको छ । गुणात्मक अनुसन्धान ढाँचामा आधारित यस लेख सप्तरी जिल्लाको खडक नगरपालिकामा रहेका २ ओटा माध्यमिक विद्यालयहरूमा केन्द्रित छ । उद्देश्यमूलक नमुना छनोट विधिद्वारा २ जना प्रधानाध्यापक, २ जना विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, २ जना अभिभावक, ४ जना शिक्षक र २ जना छात्र सहभागीका रूपमा लिइएका छन् । सहभागीहरूसँग अन्तरवार्ता छलफल र प्रश्नावलीद्वारा आवश्यक तथ्याङ्क सङ्कलन गरिएको छ । अन्तरवार्तालाई टान्सक्राइब गरेर कोड निर्माण गरिएको छ । कोडका आधारमा थेमको निर्माणगरी थेमाटिक विश्लेषण गरिएको छ । अध्ययनअनुसार प्रधानाध्यापक र सहकर्मी शिक्षकहरूको एक आपसमा व्यवहार सद्भावपूर्ण रहेको पाइयो । साथै सामूहिक प्रयास, समन्वय र सहकार्यमा विद्यालयका योजना निर्माण, निर्णय रसमस्याहरू समाधान गर्ने गरेको पाइयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र निरीक्षकहरूले शिक्षकहरूसँग प्रजातान्त्रिक व्यवहार अवलम्बन गरेका साथै अभिभावक र विद्यार्थीहरूले पनि सकारात्मक व्यवहार गरेको पाइयो तर शिक्षण पेसाको गरिमा र प्रतिष्ठा दिनानुदिन घट्दै गएको अवस्थामा विद्यालयमा शिक्षकप्रति गरिने व्यवहार थप सम्मानजनक, सबल र समृद्ध बनाउन पेसागत र विषयगत रूपमा दक्ष, योग्य शिक्षक शिक्षण पेसामा प्रवेश गराउन शिक्षक नियुक्तिका स्पष्ट आधारहरूको निर्माण र कार्यान्वयन, विद्यालय तथा विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप मुक्त क्षेत्र, पेसामा संलग्नहरूका लागि आर्थिक स्वतन्त्रताको अवस्था सृजना हुने किसिमका नीतिगत व्यवस्था गर्न आवश्यक रहेको देखिन्छ। शिक्षकहरूप्रति सद्भाव र विश्वासको वातावरण निर्माण गर्नका लागि शिक्षकहरू विषयगत रूपमा दक्ष, लगनशील र जिम्मेवार भई आफ्नो पेसामा समर्पित हुन सकेमा सरोकारवालाहरूले शिक्षकलाई गर्ने व्यवहारमा सकार ात्मक दृष्टिकोणको विकास गर्न सघाउ पु¥याउने देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
105
PDF
161

Downloads

Published

2021-08-21

How to Cite

साह Sah भ. B. P., & शेर्पा Sherpa द. D. (2021). सार्वजनिक विद्यालयका शिक्षकहरूप्रति विद्यालय व्यवस्थापन समिति र विद्यार्थीको व्यवहार अध्ययन Saarbajanik Bidhyalayaka Shikshakharuprati bidhyalaya byabasthaapan samiti ra bidhyaarthiko byabahaar adhyayan. Siddhajyoti Interdisciplinary Journal, 2(01), 138–148. https://doi.org/10.3126/sij.v2i01.39252

Issue

Section

Articles