‘मैनबत्तीको शिखा’ कवितामा लयविधान 'Mainbattiko Shikhaa' Kabitaamaa layabidhaan
DOI:
https://doi.org/10.3126/sij.v2i01.39247Keywords:
अनुप्रास, भाषिक विचलन, रूपपरक विश्लेषण, शैलीविज्ञान, सङ्कथन, समानान्तरताAbstract
लेखसार साहित्यका गद्य र पद्य विधामध्ये कविता पद्य विधा भएकाले यसमा लयविधानले विशेष महŒव राख्छ विशेष महŒव राख्छ । गद्य कवितामा पनि लयात्मक सुगठनले भाव र कविताको बाह्य बनोटलाई कसिलो बनाएको हुन्छ । साहित्यका विधा शिक्षणमा गद्य या पद्य दुवै प्रकृतिका कविताभित्रको लयविधानलाई केलाइनु आवश्यक हुन्छ । अध्ययनका लागि छनोट गरिएको कवि भूपी शेरचनको ‘मैनबत्तीको शिखा’ कविताभित्रको अन्तर्लयमा काव्य सुगठनको कसिलो संरचना छ । भावगत बिम्बात्मक पक्ष र संरचनागत बाह्य पक्षमा यो कविताभित्र कविले शब्द तथा पङ्क्तिलाई पुनरावृत्ति गरेका छन् । कवितामा प्रयुक्त पङ्क्ति विन्यास, शब्द वा पदावली वा हरफको आवृत्ति र समानान्तरता, अनुप्रास, भाषिक विचलन, विशिष्ट शब्दको प्रयोग र चिन्ह प्रयोगलाई यस अध्ययनमा समावेश गरिएको छ । कविताभित्रकै विधागत गहिराइमा रहेर रूपपरक विश्लेषण अनुरूप लेखनको विशिष्ट पक्षलाई यस अध्ययनमा केलाइएको छ । गुणात्मक अध्ययन विधिमा आधारित रहेर गरिएको यो अनुसन्धान कृतिपरक विश्लेषणमा आधारित छ । यस अध्ययनमा कविताभित्रको अन्तर्लयलाई केलाएर बिम्ब र त्यसको शिल्प पक्षलाई हेर्न सकिने मूल आधारलाई निक्र्योल गरिएको छ । कविता विधाको ताŒिवक सुगठन अन्तर्गत आन्तरिक र बाह्य बनोटसँग सम्बन्ध राख्ने लयविधानलाई अध्ययनको केन्द्रीय आधार बनाइएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Siddhajyoti Education Campus, Phosretar, Sindhuli