व्यतिरेक वितरणका आधारमा ब्याँसीभाषाका वर्ण निर्धारण byatirek bitaranka aadhaarmaa byaasibhaasaaka barna nirdhaaran
DOI:
https://doi.org/10.3126/sij.v2i01.39244Keywords:
वर्णविश्लेषण, ब्याँसीभाषा, व्यतिरेक विश्लेषण, प्राथमिक स्रोत, रं भाषी शौका, जुम्मक परम्परा ।Abstract
प्रस्तुत लेख व्यासी ‘रं’ शौका भाषाको व्यतिरेक वितरणका आधारमा ब्यासी भाषाको वर्ण निर्धारणमा केन्द्रित छ । ब्याँसी भाषा चिनियाँ–तिब्बती भाषा परिवारको पश्चिमी हिमाली अन्तर्गत पर्ने शौका ‘रं’ समुदायको भाषा हो । ब्याँसी भाषामा ६ ओटा स्वर वर्ण र २९ वटा व्यञ्जन वर्ण रहेका पाइन्छन् । यी सबै वर्णहरूमा व्यतिरेक रहेको पाइन्छ । प्रस्तुत लेखमा ब्याँसी भाषाका छ वटा स्वर वर्णलाई जिब्राको उचाइ, जिब्राको सक्रियता र ओठको गोलाइका आधारमा व्यतिरेक गरी वर्ण निर्धारण गरिएको छ । २९ वट२९ वटा व्यञ्जन वर्णलाई उच्चरण स्थान, उच्चारण प्रयत्न, घोषत्व र प्राणत्वका आधारमा व्यतिरेक गरी वर्ण निर्धारण प्रक्रियाको विश्लेषण गरी निष्कर्ष निकालिएको छ । ब्याँसी भाषाका अ, आ, इ, उ, ए, ओ गरी ६ वटा स्वरवर्ण जिब्राको सक्रियता, जिब्राको उचाइ र ओठको अवस्थाका आधारमा व्यतिरेकी रहेका, यस्तो व्यतिरेक पदादि, पदमध्य ब्याँसी ‘रं’ शौका भाषाको संरक्षण गर्नुका साथै भाषा अध्येताहरूलाई आधार सामग्रीको रूपमा सहयोग पु¥याउने अपेक्षा राखिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.