भाषाका उत्पत्तिसम्बन्धी प्रमुख सिद्धान्त र समीक्षा Bhashaka Utpatti Sambandhi Pramukh Siddhanta ra Samikshya
DOI:
https://doi.org/10.3126/sij.v1i0.35148Keywords:
अपौरुषेय, अनुकरण, दैवी उत्पत्ति, मनोभावाभिव्यक्ति, संवेदना, सिद्धान्तAbstract
प्रस्तुत लेखको भाषाको उत्पत्तिसम्बन्धी प्रमुख सिद्धान्त र समीक्षा’ रहेको छ । प्रस्तुत लेखमा भाषाका उत्पत्तिसम्बन्धी प्रतिपादन भएका प्रमुख सिद्धान्तहरू पत्ता लगाउनुलाई उद्देश्य बनाइएको छ । यस लेखमा भाषाको उत्पत्तिसम्बन्धीदैवी उत्पत्ति सिद्धान्त, धातु सिद्धान्त, अनुकरण सिद्धान्त, निर्णय सिद्धान्त, मनोभावाभिव्यक्ति सिद्धान्त, क्रियात्मक सिद्धान्त, इङ् गित सिद्धान्त, टा टा सिद्धान्त, सङ् गीत सिद्धान्त र सम्पर्क सिद्धान्तको समीक्षा गरी निष्कर्षमा पुग्ने प्रयास गरिएको छ । यी मध्ये अनुकरण सिद्धान्त, मनोभावाभिव्यक्ति सिद्धान्त, क्रियात्मक सिद्धान्त, इङ् गीत सिद्धान्त तथा सम्पर्क सिद्धान्त प्रमुख मानिएको निष्कर्ष निकालिएको छ । मानिसले भाषाको माध्यमबाट आÏना संवेदना सम्प्रेषण गर्ने क्रममा भाषाको उत्पत्ति कसरी भयो भन्ने विषयमा विभिन्न सिद्धान्तहरू प्रतिपादन भएका देखिन्छन् । मानिसले आफ ् ना वरपरका जीवजन्तु आदिका आवाज सुने र उक्त आवाजको अनुकरण गरी विभिन्न शब्दहरूको निर्माण गर्ने क्रममा अनुकरण सिद्धान्तले भाषाको उत्पत्तिभएको हो ।समग्रमा भाषाको उत्पत्तिका सम्बन्धमा अनुकरण, मनोभावाभिव्यक्ति, इङ्ि गततथा सम्पर्क सिद्धान्त प्रमुख मानिएका छन् । गुणात्मक विधिको उपयोग गरी लेखिएको प्रस्तुत अनुसन्धानमूलक लेखले भाषाको उत्पत्तिसम्बन्धी शोध, खोज र जिज्ञासा राख्ने अनुसन्धाता, विद्यार्थी तथा पाठक वर्गलाई उपयोगी हुने अपेक्षा गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.