बहुभाषिक कक्षा र नेपाली भाषा शिक्षणमा शिक्षण सामग्री Bahubhashi Kakshya ra Nepali Bhasha Shikshanma Shikshan Samagrik

Authors

  • हेरम्वराज Herambaraj वास्तोला Bastola Mahendra Ratna Campus, T.U., Tahachal, Kathmandu

DOI:

https://doi.org/10.3126/sij.v1i0.35145

Keywords:

बहुभाषिक कक्षा, मातृभाषा, शिक्षण सामग्री, सामाजिक न्याय, समावेशी कक्षा

Abstract

बहुभाषिक कक्षा कस्तो कक्षालाई मानिन्छ र कस्ता शिक्षण सामग्री बहुभाषिक कक्षा शिक्षणमा उपयोगी हुन्छन ्  ? भन्ने समस्यामा केन्द्रित प्रस्तुत लेखमा विद्यालयका प्रारम्भिक कक्षाहरूमा बहुभाषिकता बारे ध्यान दिनु अपरिहार्य रहेको, नेपालका सामुदायिक विद्यालयहरूमा नेपाली मातृभाषा हुनेहरूका हकमा शिक्षाको पूर्ण माध्यमका रूपमा मातृभाषा सम्भव रहेको र नेपाली भाषा दोस्रो भाषाका रूपमा सिक्ने विद्यार्थीहरूका लागि भने आवश्यकतानुसार मौखिक मात्र भए पनि मातृभाषाको प्रयोग गरी शिक्षण सहजीकरण गरिदिनु पर्ने स्थितिलाई बहुभाषी कक्षाको अर्थमा लिइएको छ । भाषा शिक्षण गर्दा शिक्षणलाई  प्रभावकारी बनाउन पाठ ् यवस्तु तथा निर्धारित उद्देश्य अनुरूप दृश्य, श्रव्य, श्रव्यदृश्य आदि जस्तासुकै सामग्रीहरू प्रयोगमा ल्याउन सकिए तापनि बहुभाषिक कक्षामा दृश्य सामग्री बढी उपयोगी हुने निष्कर्ष प्रस्तुत गरिएको छ । नेपालका शिक्षा नीतिहरू र तिनमा बहुभाषिकता सम्वोधनको ऐतिहासिकताको समेत चर्चा गरिएको प्रस्तुत लेख पुस्तकीय अध्ययनमा केन्द्रित रहेर द्वितीयक सामग्रीको उपयोग गरी तयार पारिएको छ । गुणात्मक विधिको उपयोग गरी लेखिएको प्रस्तुत अनुसन्धानमूलक लेख बहुभाषिक कक्षा र शिक्षण सामग्रीसम्बन्धि शोध र जिज्ञासा राख्ने अनुसन्धाता, विद्यार्थी तथा पाठक वर्गलाई  उपयोगी हुने अपेक्षा गरिएको छ । 

Downloads

Download data is not yet available.
Abstract
550
pdf
1748

Author Biography

हेरम्वराज Herambaraj वास्तोला Bastola, Mahendra Ratna Campus, T.U., Tahachal, Kathmandu

Assistant Lecturer

Downloads

Published

2020-01-30

How to Cite

वास्तोला Bastola ह. H. (2020). बहुभाषिक कक्षा र नेपाली भाषा शिक्षणमा शिक्षण सामग्री Bahubhashi Kakshya ra Nepali Bhasha Shikshanma Shikshan Samagrik. Siddhajyoti Interdisciplinary Journal, 1, 20–29. https://doi.org/10.3126/sij.v1i0.35145

Issue

Section

Articles