‘राष्ट्रनिर्माता’ खण्डकाव्यमा रहस्य दर्शनको प्रभाव

Authors

  • लावण्यप्रसाद ढुङ्गाना

DOI:

https://doi.org/10.3126/shantij.v4i1.70586

Keywords:

इहलोक, ईश्वर,, परलोक, राष्ट्रप्रेम, षड्दर्शन

Abstract

‘राष्ट्रनिर्माता’ -२०२३_ खण्डकाव्यमा अभिव्यक्त रहस्यसम्बन्धी दर्शनको अध्ययनलाई प्रस्तुत शोधलेखमा विषय बनाइएको छ । ‘राष्ट्रनिर्माता’ ऐतिहासिक विषयवस्तुमा आधारित रहस्य दर्शनको प्रभाव रहेको कृति हो । यसअध्ययनमा ‘राष्ट्रनिर्माता’ खण्डकाव्यमा केकस्तो रहस्यको प्रभाव छ र उक्त प्रभावको ग्रहण कविले किन गरेका हुन् भन्ने जिज्ञासाको समाधान खोजिएको छ । यस अध्ययनका लागि आवश्यक प्राथमिक तथा द्वितीयक स्रोतका सामग्रीहरू पुस्तकालयीय कार्यबाट सङ्कलन गरिएका छन् । प्रस्तुत अध्ययनका लागि रहस्य विषयक षड्दर्शनका मत तथा उक्त दर्शनका अध्येताहरूका रहस्यसम्बन्धी धारणालाई सैद्धान्तिक पर्याधारका रूपमा लिइएको छ र तर्क तथा विश्लेषण विधिको पनि उपयोग गरिएको छ । यस अध्ययनमा ‘राष्ट्रनिर्माता’ खण्डकाव्यको विषयवस्तु ऐतिहासिक र मूल कथ्यराष्ट्रप्रेम रहे पनि उक्त राष्ट्रप्रेमलाई सुदृढ, महिमामय एवम् जीवन्त तुल्याउन रहस्य दर्शनको सचेत प्रभाव ग्रहण गरिएको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
57
pdf
16

Downloads

Published

2024-10-10

How to Cite

ढुङ्गाना ल. (2024). ‘राष्ट्रनिर्माता’ खण्डकाव्यमा रहस्य दर्शनको प्रभाव. Shanti Journal, 4(1), 148–159. https://doi.org/10.3126/shantij.v4i1.70586

Issue

Section

Articles