गहुँगोरो अफ्रिका कवितामा दलित चेतना {Dalit Consciousness in Wheat Africa Poetry}

Authors

  • लावण्यप्रसाद Labanyaprasad ढुङ्गाना Dhungana त्रि.वि. TU

DOI:

https://doi.org/10.3126/shantij.v1i1.47924

Keywords:

शूद्र, शक्तिसम्बन्ध, वर्णाश्रम, दलित चेतना, धर्मशास्त्र

Abstract

प्रस्तुत शोधलेख आहुतिद्वारा रचना गरिएको ‘गहुँगोरो अफ्रिका’ कवितामा चित्रित दलित चेतनाको अध्ययनसँग सम्बन्धित छ । यस लेखमा सदियौँदेखि उत्पीडनमा पारिएका दलितहरूको प्रतिनिधित्व गहुँगोरो अफ्रिका कवितामा के कसरी गरिएको छ र दलितहरूले आफुमाथि भएको दलनविरूद्ध केकस्तो प्रतिरोध गरेका छन् भन्ने जिज्ञासाको समाधान खोज्ने प्रयास गरिएको छ । यस अध्ययनका लागि आवश्यक प्राथमिक तथा द्वितीयक स्रोतका सामग्रीहरू पुस्तकालयीय कार्यबाट सङ्कलन गरिएका छन् । साथै ओमप्रकाश वाल्मीकि, चमनलाल तथा शरणकुमार लिंबालेका दलित सौन्दर्यशास्त्रीय अवधारणालाई आधार बनाई निष्कर्षसम्म पुग्नका लागि विश्लेषण तथा तर्क विधिको उपयोग गरिएको छ । अध्ययनका क्रममा कवितामा नेपालका सम्पूर्ण भूगोलका र विभिन्न दलित समुदायका कामी, दमाई, च्यामे, गाइने, बादी, मुसहर र सार्कीको प्रतिनिधित्व गरिएको र यिनीहरूलाई बिसौँ शताब्दीका जातीय अस्तित्व चेतयुक्त पात्रका रूपमा उपस्थित गराएर यी पात्रबाट दलनविरूद्ध जुझारू प्रतिरोध गरिएकाले ‘गहुँगोरो अफ्रिका’ दलित चेतनाका दृष्टिले सशक्त कविता बन्न पुगेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
49
PDF
43

Author Biography

लावण्यप्रसाद Labanyaprasad ढुङ्गाना Dhungana, त्रि.वि. TU

विद्यावारिधि अध्ययनरत Ph.D Scholar

Downloads

Published

2022-08-31

How to Cite

ढुङ्गाना Dhungana . ल. L. (2022). गहुँगोरो अफ्रिका कवितामा दलित चेतना {Dalit Consciousness in Wheat Africa Poetry}. Shanti Journal, 1(1), 305–317. https://doi.org/10.3126/shantij.v1i1.47924

Issue

Section

Articles