सिँजाली खस भाषाको वर्णव्यवस्था

Authors

  • ओमप्रकाश Omprakash आचार्य Acharya

DOI:

https://doi.org/10.3126/shabdasadhana.v7i1.75099

Keywords:

खण्डीय, खण्डेतर, उच्चार्य, लघुतमयुग्म, विभेदक

Abstract

सिँजाली भाषा भारोपेली भाषापरिवारको शतम वर्गको आर्यइरानेली बाल्हीक खस हुँदै विकसित भएको हो । खस पूर्वी पहाडी भाषा सिँजाली पर्वते गोर्खाली र नेपाली भाषा विकसित हुनपुग्यो । वर्तमान समयमा त्यही सिँजा नेपालको कर्णाली प्रदेशको जुम्ला जिल्लामा पर्छ । सिँजादरा, सिँजाउपत्यका, सिँजाभेग भनेर चिनिन्छ । यही नेपाली भाषाको आधार भाषा रहेको सिँजाली खस भाषा भाषामा वर्णव्यवस्था कस्तो छ ? नेपाली भाषासँग यसको समानता र भिन्नता के कति छ भन्ने समस्यामा केन्द्रित भएर सिँजाली भाषाको वर्णव्यवस्थाको खोजी गर्नु नै यस अनुसन्धानात्मक लेखको मुख्य उद्देश्य हो । नेपाली भाषाको प्राचीन स्वरुप सिँजाली भाषा भएकाले यसको अध्ययन आवश्यक देखिएको हो । गुणात्मक ढाँचामा रहेको यो अनुसन्धानकार्य क्षेत्रगत भ्रमण एवम पुस्तकालय विधिको प्रयोग गरी सामग्री सङकलन र त्यसको सत्यापन वर्णन व्याख्या र विश्लेषण गरिएको छ । सिँजाली भाषामा रहेका वर्णहरुको व्यवस्था के कस्तो छ भन्नका लागि सम्बन्धित क्षेत्रका सम्बन्धित भाषी वक्ताहरुले बोलेका कुराहरुको मौखिक अभिव्यक्तिलाई सामग्रीका रुपमा लिएर त्यसको नेपाली भाषामा समानता र भिन्नताको खोजी गरी अनुसन्धान गरिएको छ । सिँजाली भाषामा ३० वटा व्यतिरेकी व्यञ्जनवर्ण, ६ वटा स्वरवर्ण, १० वटा द्विस्वरवर्ण रहेका छन । खण्डीय र खण्डेतरवर्ण भनेर अध्ययन गरिएको छ । सिँजाली खस भाषामा विशिष्ट वर्णव्यवस्था रहेको छ । प्रगत समीभवन, परागत समीभवन, विषमीभवन,/स/,/त/,/ट/,/क/ कुनै आएमा /अ/,/को/,/इ/मा हुने /स/ र /त/, /इ/ र /य/ मा हुने महाप्राणी भवन, अल्पप्राणी भवन, घोषीभवन, अघोषीभवन, अनुनासिक, /य/, /ज/ मा /र/, /ड/ मा /स/, /सह/ मा एवम ल वर्ण त मा त वर्ण ल मा प्रयोग हुने ह इ मा समेत आउने, रेफ(रकार) का सटटामा न को प्रयोग हुने /ए/, /य/ मा प्रयोग हुने एवम खण्डेतर वर्णमा मात्रा, अनुनासिक, विराम संहिता, लय, बलाघातमा विशिष्ट व्यवस्था रहेको छ । 

Downloads

Download data is not yet available.
Abstract
24
PDF
10

Author Biography

ओमप्रकाश Omprakash आचार्य Acharya

उपप्राध्यापक

Downloads

Published

2024-11-30

How to Cite

आचार्य Acharya ओ. O. (2024). सिँजाली खस भाषाको वर्णव्यवस्था . Shabda Sadhana शब्दसाधना, 7(1), 145–165. https://doi.org/10.3126/shabdasadhana.v7i1.75099

Issue

Section

Articles