नग्न स्वप्न लघुकथासङ्ग्रहको संरचनात्मक स्वरूप

Authors

  • शैलजा Shailaja पोखरेल Pokhrel

DOI:

https://doi.org/10.3126/shabdasadhana.v7i1.75098

Keywords:

भ्रान्ति, विखण्डन, ब्लाक होल, समस्यापुर, जन्त्र

Abstract

प्रस्तुत लेखमा लघुकथाका संरचनात्मक तŒवहरूका आधारमा लघुकथाकार कृष्ण बजगाईँको ‘नग्न स्वप्न’ लघुकथासङ्ग्रहको संरचनात्मक विश्लेषण गरिएको छ । ‘नग्न स्वप्न’ लघुकथासङ्ग्रहमा लघुकथात्मक तŒवहरूको संरचना कसरी निर्माण गरिएको छ भन्ने प्रश्नमा केन्द्रित भई गरिएको यस अध्ययनका लागि पुस्तकालीय विधि अपनाइएको  छ । छोटा र सजिला शीर्षकभित्र सामाजिक विकृति र विसङ्गतिका घटना समेटतै विकासका गतिमा तीव्र रूपले अघि बढेको नेपाली समाज र भ्रष्ट राजनीतिज्ञको उपज विकृत भएको राजनीतिक व्यवस्था प्रति तीब्र व्यङयग्यको सुइरो तिखारिएको पाइन्छ । उत्तर आधुनिकतावादी जीवनदर्शनमा रचना भएका ती लघुकथाहरूमा आवद्ध प्रेम, विवाह र सम्बन्धको बिथोलो, अनैतिकताका अनेक सामाजिक र राजनीतिक पाटाहरू, विदेशी नेपालीका व्यथा, अस्वस्थ मानसिक अवस्थाका व्यक्तिसँग सम्बन्धित घटना, भाइरल हुने रहरमा हुने गरेका नकामहरू तथा नारा र वादको अत्याधुनिक विकृतिपूर्ण घटना आएका छन । मानसिक रूपमा पूर्ण अस्वस्थ पात्र, विकृत राजनीतिज्ञ, आफ्नै अधीनमा पनि रहन नसक्ने समाजका नारी पुरुष, सिद्धान्तमा अडिग हुन खोज्दा सम्हालिनु पर्ने स्थानमा नसम्हालिएका र फुस्रा आदर्शमा अडेका पात्रहरूका साथै जनावर अनि भावनात्मक शब्दहरूलाई समेत पात्र रूपमा चित्रात्मक शैलीमा उभ्याएको ‘नग्न स्वप्न’का लघुकथा व्यञ्जनापूर्ण अभिव्यक्तिले पूर्ण छन । रेखीय ढाँचामा संरचित कथानकका मूल र अन्त्य दुईवटा भागमा संरचित ‘नग्न स्वप्न’का लघुकथाहरू उत्कृष्ट देखिन्छन । 

Downloads

Download data is not yet available.
Abstract
22
PDF
85

Downloads

Published

2024-11-30

How to Cite

पोखरेल Pokhrel श. S. (2024). नग्न स्वप्न लघुकथासङ्ग्रहको संरचनात्मक स्वरूप . Shabda Sadhana शब्दसाधना, 7(1), 134–144. https://doi.org/10.3126/shabdasadhana.v7i1.75098

Issue

Section

Articles