घुस्सा निबन्धसङग्रहमा हास्यव्यङग्य चेतना

Authors

  • टंकप्रसाद Tanka Prasad पन्थ Pantha

DOI:

https://doi.org/10.3126/shabdasadhana.v7i1.75094

Keywords:

अकर्मण्यता, उपहास, ठटयौलो, धज्जी उडाउनु, विसङगति

Abstract

प्रस्तुत अनुसन्धानमूलक लेख ‘घुस्सा’ निबन्धसङग्रहको विश्लेषणमा केन्द्रित रहेको छ । उक्त कृतिका लेखक रामप्रसाद अर्याल हुन । अर्यालका निबन्धमा मुख्य गरी व्यङग्यात्मक प्रवृत्ति मुखरित भएको   पाइन्छ । समाजमा रहेका विकृति र वसिङगतिप्रति सशक्त प्रहार गरी त्यस्ता प्रवृत्तिमा परिष्कारको काम व्यङग्य चेतनाले गर्दछ । व्यक्ति, समाज तथा राष्ट्रिय स्तरमा झाँगिएका खराब प्रवृत्तिप्रतिको विमति व्यङग्य लेखनको उद्देश्य हो । । रामप्रसाद अर्यालका निबन्धमा समाजका विभिन्न क्षेत्रमा फैलिएका बेथितिप्रतिको प्रहार पाइन्छ । यिनको घुस्सा निबन्धसङग्रहका सबैजसो निबन्धमा कुनै न कुनै पक्षलाई व्यङग्य प्रहार गरिएको छ । नेपाली समाजमा लोकतान्त्रिक तथा गणतान्त्रिक समयमा बढदै गएको स्वच्छन्दता र मानिसहरू नैतिक कर्तव्यमा नरहने प्रवृत्तिले गर्दा सबैजसो क्षेत्रमा अस्तव्यस्तता छाएको देखिन्छ । यस्ता कुराले जताततै समस्या निम्त्याएको छ । त्यस्ता प्रवृत्ति नहटेसम्म समाज अगाडि नबढने निष्कर्ष लेखकको रहेको छ । अर्यालका निबन्धले समाजका विद्रुप र अकर्मण्य अवस्थाप्रति प्रहार गरी स्वस्थ समाजको अपेक्षा राखेको हुनाले  यिनका निबन्धलाई व्यङग्यको सैद्धान्तिक मान्यतालाई उपयोग गरी विश्लेषण गरिएको छ । प्रस्तुत लेखमा आवश्यक सामग्री प्रथम र द्वितीयक स्रोतबाट लिइएको छ । प्राथमिक तथा द्वितीयक सामग्रीको उपयोग गरी व्यङग्यको सैद्धान्तिक अवधारणालाई प्रकाश पारी विश्लेष्य निबन्धसङग्रहमा प्रस्तुत व्यङग्यको पक्षलाई खोजी गर्ने काम यस लेखमा गरिएको छ । अर्यालको उक्त सङग्रहमा आम नेपाली जनताले भोगेका वास्तविक समस्यालाई प्रकाश पारिएको छ । वर्तमान नेपाली समाजको जल्दोबल्दो समस्याका रूपमा रहेको ढिलासुस्ती र अधिकारको दुरुपयोगलाई कृतिमा केन्द्रित गरिएको पाइन्छ । कृतिको अर्थापनका लागि सघन पाठविश्लेषण विधिअनुसार गुणात्मक प्रकृतिको अध्ययन विश्लेषण गरी स्थापित सिद्धान्तका आधारमा परिणाम निकालिएकाले यो अध्ययन गुणात्मक प्रकृतिको रहेको छ । ‘घुस्सा’ निबन्धसङग्रहमा व्यङग्य चेतना के कसरी प्रयोग भएको छ ? भन्ने मुख्य समस्यामूलक प्रश्नमा केन्द्रित रही व्यङग्यको सैद्धान्तिक पर्याधारका सापेक्षमा विश्लेषण गरिएको छ । विश्लेष्य निबन्धसङग्रहको विषयवस्तु र सामाजिक सांस्कृतिक रूपमा कलङकित मानिएका व्यवहार देखाउनेहरूलाई धज्जी उडाउने काम गरिएकाले विश्लेष्य निबन्धसङग्रहमा व्यङग्य चेतना सशक्त रहेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
24
PDF
8

Downloads

Published

2024-11-30

How to Cite

पन्थ Pantha ट. . T. P. (2024). घुस्सा निबन्धसङग्रहमा हास्यव्यङग्य चेतना . Shabda Sadhana शब्दसाधना, 7(1), 122–133. https://doi.org/10.3126/shabdasadhana.v7i1.75094

Issue

Section

Articles