आरुको बोट कथामा शृङगार रस
DOI:
https://doi.org/10.3126/shabdasadhana.v7i1.75092Keywords:
श्रृङ्गारमूलक, स्थायीभाव, चलायमान, आलम्वनविभाव, विपरीत लिङगीAbstract
प्रस्तुत लेख पदमावती सिंहद्वारा रचना गरिएको ‘आरुको बोट’ कथामा अभिव्यक्त शृङगार रसको अध्ययनमा केन्द्रित छ । यसमा रसको सैद्धान्तिक परिचयका साथै रस विधायक तत्व—विभाव, अनुभाव, व्यभिचारी भाव र स्थायी भावको चर्चा गर्दै यसका आधारमा प्रस्तुत कथाको विश्लेषण गरिएको छ । यस क्रममा प्रस्तुत कथामा आएका मुख्यमुख्य सातवटा मोडहरूलाई सात उपशीर्षकमा राखेर अध्ययन गरिएको छ । जवानीको रङ्ग चढदै गएकी यस कथाकी प्रमुख पात्र रश्मिलाई केन्द्र बनाएर लेखिएको यस कथामा रजस्वलाको एघार दिन गुप्तबास बसेको बेलामा उसमा देखिएको भाव—तरङ्गहरूलाई अत्यन्त सूक्ष्मरूपमा निरीक्षण गरिएको छ । रजस्वलाभन्दा अगाडि विपरीत लिङ्गीप्रतिको आकर्षण रश्मिमा नदेखिएको र रजस्वलापछि उसमा त्यसप्रकारको भावना विकसित हँुदै गइरहेको सन्दर्भ देखाएर यस कथालाई रति स्थायी भावलाई जागृत गर्ने श्रृङ्गारमूलक कथा हो भन्ने निष्कर्ष यस लेखमा निकालिएको छ ।