नदी किनाराका माझी काव्यमा प्रतिरोध र आवाज
DOI:
https://doi.org/10.3126/shabdasadhana.v7i1.75091Keywords:
माझी, मझिनी, प्रतिरोध, अधीनस्थ वर्ग, मुखिया, आवाजAbstract
प्रस्तुत अध्ययन मोहन कोइरालाको ‘नदी किनाराका माझी’ कवितामा प्रतिरोध र आवाजको अवस्था चित्रण गर्नमा केन्द्रित छ । यसमा सीमान्तीय प्रतिरोध र आवाज विश्लेषणका लागि माझीको प्रतिरोध र आवाज, मझिनीको प्रतिरोध र आवाज र कविको प्रतिरोध र आवाज गरी तीनओटा उपशीर्षक बनाइएको छ । यहाँ पुस्तकालयीय कार्यबाट प्राथमिक र द्वितीय सामग्रीको सङकलन गरेर विश्लेषणको अवधारणा निर्माण गरी विवेच्य कृतिको विश्लेषण गरिएको छ । यसमा कृति विश्लेषणका नवीनतम प्रवृत्तिको प्रयोग गर्दै सैद्धान्तिक अवधारणा निर्माण र कृति विश्लेषणका लागि निगमनात्मक र आंशिक रूपमा आगमनात्मक विधिको प्रयोग गरिएको छ । सैद्धान्तिक अवधारणाको निर्माण गर्दा सीमान्तीय विश्लेषणको व्याख्यातामध्ये प्रमुख व्याख्याताका अवधारणा प्रस्तुत गर्दै तिनै अवधारणाका आधारमा कृतिभित्र कस्तो किसिमको प्रतिरोध र आवाज रहेको छ भन्ने कुराको विश्लेषण गरिएको छ । यसमा ‘नदी किनाराका माझी’ कविता भित्र रहेका माझी र मझिनीका केन्द्रीयतामा सीमान्तीय प्रतिरोध र आवाजको निरूपण गरिएको छ भने यसमा सम्बोधकका रूपमा आएका कविलाई पनि सहभागी गराई प्रतिरोध र आवाजको निरूपण गरिएको छ । यस अध्ययनमा मोहन कोइरालाको नदी किनाराका माझी कविता सङग्रहभित्र रहेको ‘नदी किनाराका माझी’ कवितालाई मात्र विश्लेषण गरिएको छ । यसरी विश्लेषण गर्दा मोहन कोइरालाको ‘नदी किनाराका माझी’ कवितामा माझीका तुलनामा मझिनीको प्रतिरोधी आवाज सशक्त भएको अनि यी दुबै पात्रभन्दा यस कविताका कविको प्रतिरोध र आवाज अझ सशक्त भएको निष्कर्ष निकालिएको छ ।