वासुदेव त्रिपाठीको विधागत साहित्येतिहास चेतना

Authors

  • बालाकृष्ण Balakrishna अधिकारी Adhikari नेपाली केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर

DOI:

https://doi.org/10.3126/shabdasadhana.v7i1.75089

Keywords:

साहित्येतिहास दर्शन, साहित्येतिहास बोध, साहित्येतिहास चिन्तन, साहित्येतिहास दृष्टि

Abstract

प्रस्तुत लेखमा वासुदेव त्रिपाठीका समालोचनात्मक कृतिमा निहित साहित्येतिहास चेतनाको विमर्श गरिएको छ । नेपाली साहित्यको बहुआयामिक र बहुलवादी समालोचना गर्ने समालोचक वासुदेव त्रिपाठीका समालोचनात्मक प्रवृत्तिमध्येको सबैभन्दा सशक्त प्रवृत्ति ऐतिहासिक समालोचना र साहित्येतिहासपरक समालोचना हो । साहित्येतिहासपरक समालोचक वासुदेव त्रिपाठीका समालोचनाकृतिहरू नै यस लेखका आधारसामग्री हुन । ती आधारसामग्रीको सत्यापन र अर्थापनका लागि यस लेखमा इतिहास दर्शन र साहित्येतिहास दर्शनको संश्लेषणात्मक अन्तप्र्रयोग गरिएको छ । क्षितिजीय आयाममा विषयको विश्लेषण गरिएको यस लेखमा गुणात्मक अध्ययनविधि अवलम्बन गरिएको छ । वासुदेव त्रिपाठीका लगभग एक दर्जनजति समालोचनाकृतिमा निहित उनको साहित्येतिहास दृष्टि, साहित्येतिहास बोध, साहित्येतिहास चिन्तन र साहित्येतिहास दर्शनको विमर्श गरी उनका साहित्येतिहास चेतनाको सामान्यीकरण गरिएको छ । लेखको शीर्षकअनुकूलका तथ्यहरूको विश्लेषण गर्दा वासुदेव त्रिपाठीका समालोचनाकृतिमा साहित्येतिहास चेतनालाई आधारभूमि बनाइएको एवं यस्तो चेतना पूर्वीय सनातन संस्कृति, मूल्य र मान्यता तथा पाश्चात्य साहित्येतिहास दर्शनको संश्लेषणबाट निर्माण भएको निष्कर्ष निकालिएको छ । 

Downloads

Download data is not yet available.
Abstract
19
PDF
10

Author Biography

बालाकृष्ण Balakrishna अधिकारी Adhikari, नेपाली केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर

उपप्राध्यापक

Downloads

Published

2024-11-30

How to Cite

अधिकारी Adhikari ब. B. (2024). वासुदेव त्रिपाठीको विधागत साहित्येतिहास चेतना. Shabda Sadhana शब्दसाधना, 7(1), 82–98. https://doi.org/10.3126/shabdasadhana.v7i1.75089

Issue

Section

Articles