चलचित्र, साहित्य र नेपाली सन्दर्भ

Authors

DOI:

https://doi.org/10.3126/shabdasadhana.v7i1.75088

Keywords:

क्यामेरा, छायाङ्कन, टेलिचलचित्र, वृत्तचित्र, श्रव्यदृश्य

Abstract

प्रस्तुत लेखमा चलचित्रको परिचय दिनाको साथै साहित्यका अन्य विधासँग चलचित्रको अन्तर्सम्बन्धलाई उल्लेख गरिएको छ । यहाँ नेपाली चलचित्रको सङक्षिप्त इतिहास उल्लेख गर्दै लेखलाई थप चुस्त बनाउन निगमन तथा तुलनात्मक शोधविधिको प्रयोग गरिएको छ । द्वितीयस्रोतबाट सामग्रीसङ्कलन गरिएको प्रस्तुत लेखमा पुस्तकालयकार्यलाई सामग्रीको पहिलो स्रोत मानिएको छ । यहाँ वर्तमान समयमा चलचित्र मानवजातिको मनोरञ्जनको अभिन्न अङ्गका रूपमा रहेकाले चलचित्रलाई छुट्टै विधाका रूपमा विकास हुँदैआएको निष्कर्ष निकालिएको छ । चलचित्रको प्राविधिक पक्षमा प्रवेश नगर्नु यस कार्यपत्रको सीमा हो भने सैद्धान्तिक भन्दा अवधारणामूलक बन्नु यसको अर्को सीमितता हो । प्रस्तुत कार्यपत्रमा चलचित्रको परिभाषा, विकासक्रमका विषयमा पनि प्रकाश पारिएको छ । यहाँ चलचित्रको सामाजिक, सांस्कृतिक र सैद्धान्तिक पक्षहरूको छोटो अध्ययन गरिएको छ । चलचित्रको मनोरञ्जनात्मक पक्षलाई प्राथमिकतामा राख्दै यसले समाजमा पार्ने प्रभाव र यसको विकासक्रमको विश्लेषण गरिएको छ । प्रस्तुत कार्यपत्रले चलचित्र साहित्यिक उपशाखा नभएर स्वतन्त्र विधा हो भन्ने मान्यतालाई स्थापित गरेको छ ।  प्रस्तुत लेखमा आजको समयमा चलचित्रलाई पृथक पहिचान भएको विधाका रूपमा मान्यता प्राप्त भएको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
26
PDF
10

Author Biography

अशोक Ashok थापा Thapa, नेपाली केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर



Downloads

Published

2024-11-30

How to Cite

थापा Thapa अ. A. (2024). चलचित्र, साहित्य र नेपाली सन्दर्भ . Shabda Sadhana शब्दसाधना, 7(1), 72–81. https://doi.org/10.3126/shabdasadhana.v7i1.75088

Issue

Section

Articles