सारवस्तुका दृष्टिले अन्धवेग नाटक

Authors

  • नारायणप्रसाद Narayan Prasad पन्थ Pantha त्रिभुवन विश्वविद्यालय, बुटवल बहुमुखी क्याम्पस

DOI:

https://doi.org/10.3126/shabdasadhana.v7i1.75086

Keywords:

अतृप्त कामवासना, दुःखान्त नाटयकला, नायक, पारिवारिक जीवन, यौन तृष्णाको अन्धवेग

Abstract

नाटक नरनारीका चरित्र र कार्यलाई पात्रका अभिनयका माध्यमद्वारा प्रदर्शित गरिने उद्देश्यले लेखिएको संवादात्मक साहित्यिक विधा भएकाले रङगमञ्चमा गरिने चरित्रको अभिनय हो । बालकृष्ण समद्वारा लिखित अन्धवेग नाटकको सारवस्तुका दृष्टिले अध्ययन विश्लेषण गर्नु प्रस्तुत लेखको प्राज्ञिक समस्या रहेको छ । त्यसैले यस लेखमा सारवस्तुका दृष्टिले अन्धवेग नाटकको अध्ययन विश्लेषणलाई प्राज्ञिक अध्ययनको विषय बनाइएको छ । यस नाटकमा भएका असतपात्रको अन्त्य गराएर भावी पिँढीलाई सतमार्गमा हिडने प्रेरणा दिँदै मानिसले कुनै पनि आकाङक्षालाई सोचविचार गरेर मात्रै राख्नुपर्छ भन्ने सन्देश दिइएको छ । यस लेखमा सारवस्तुका दृष्टिले अन्धवेग नाटकको अध्ययन विश्लेषण गर्नाका लागि अन्धवेग नाटकलाई प्राथमिक स्रोतसामग्रीका रूपमा उपयोग गरिएको छ भने सारवस्तुका दृष्टिले अन्धवेग नाटकको अध्ययनको सिद्धान्त निर्माणका लागि आवश्यक द्वितीयक स्रोत वा सन्दर्भस्रोत सामग्री उपयोग गरी पाठविश्लेषण विधिका आधारमा नाटकको निरूपण गरिएको छ । गुणात्मक प्रकृतिको यस लेखमा सारवस्तुलाई सैद्धान्तिक ढाँचा बनाएर कृतिपठनका आधारमा सत्यापन गरिएको छ । सारवस्तुका दृष्टिले अन्धवेग नाटक दुःखान्त नाटयकलाले उत्कृष्ट भएको निचोड निकालिएको छ ।  

Downloads

Download data is not yet available.
Abstract
26
PDF
10

Downloads

Published

2024-11-30

How to Cite

पन्थ Pantha न. . N. P. (2024). सारवस्तुका दृष्टिले अन्धवेग नाटक. Shabda Sadhana शब्दसाधना, 7(1), 44–56. https://doi.org/10.3126/shabdasadhana.v7i1.75086

Issue

Section

Articles