अक्षर कवितासङग्रहका कवितामा प्रगतिवादी चेतना

Authors

DOI:

https://doi.org/10.3126/shabdasadhana.v7i1.75085

Keywords:

क्रान्तिचेत, युगचेतना, शोषण, सङघर्ष, सौन्दर्यचेत

Abstract

प्रस्तुत लेखमा लेखनाथ ज्ञवालीको अक्षर कवितासङग्रहमा रहेको प्रगतिवादी चेतनाको विश्लेषण गरिएको छ । यस लेखमा अक्षर कवितासङग्रहलाई प्राथमिक स्रोत सामग्रीको रूपमा तथा प्रगतिवादी अवधारणालाई द्वितीयक स्रोतको सामग्रीको रूपमा उपयोग गरिएको छ । दुवै प्रकृतिका सामग्रीको सङकलन पुस्तकालयीय कार्यबाट गरिएको छ र सामग्री विश्लेषणमा प्रगतिवादी चेतनाका अभिलक्षणहरूमध्ये युगचेतना र समाज परिवर्तनको स्वर,  क्रान्तिचेत र देशप्रेम, शोषण र उत्पीडनका विरुद्धको सङघर्षको स्वर, जीवन सङघर्षको स्वर र सौन्दर्यचेतलाई आधार मानिएको छ । प्रगतिवादी साहित्यले मानवीय समानता र स्वतन्त्रताका पक्षमा आवाज उठाउँछ । साहित्यमा गतिशील, ऐतिहासिक तथा सामाजिक विकाससँग सम्बन्धित धारणाको उदघाटन नै प्रगतिवादी समीक्षाको आधार हो । साहित्य तथा कलाका माध्यमबाट पनि समाज परिवर्तनको पहल र प्रयत्न गर्नुपर्ने मान्यता प्रगतिवादको रहेको छ । त्यसैले प्रगतिवादी लेखकहरू किसान, मजदुर र सर्वहारा जस्ता समाजका तल्ला वर्गका पक्षमा कलम चलाएका छन । सर्वहारा वर्ग र सामाजिक व्रmान्तिकारी परिवर्तनको पक्षधर प्रगतिवादी साहित्यले समाजका आर्थिक वर्गहरूमा सङघर्ष भई समाज परिवर्तन अवश्य हुन्छ भन्ने धारणा राखेको हुन्छ । यसै प्रगतिवादको पृष्ठभूमिमा रचना गरिएका अक्षर कवितासङग्रहका कवितामा सामाजिक भेदभाव, थिचोमिचो र दमनको विरुद्ध चेतना निर्माण गर्दै समाज सुधारको चाहना प्रकट गरिएको छ । समाज परिवर्तनको आधार बनेका श्रमजीवी वर्गले श्रमको उचित मूल्य पाउन नसकेका, सर्वहारा वर्ग शोषण र उत्पीडनमा परेका, सर्वहारा वर्ग र पुँजीपति वर्गका बिचको सङघर्षमा सर्वहार वर्गको जित सुनिश्चित रहेको जस्ता विचार कविताको निष्कर्षका रूपमा आएका छन ।

Downloads

Download data is not yet available.
Abstract
23
PDF
12

Author Biography

शालिकराम Shalikram पौडयाल Poudyal, त्रिभुवन विश्वविद्यालय

उपप्राध्यापक

Downloads

Published

2024-11-30

How to Cite

पौडयाल Poudyal श. . S. (2024). अक्षर कवितासङग्रहका कवितामा प्रगतिवादी चेतना . Shabda Sadhana शब्दसाधना, 7(1), 35–43. https://doi.org/10.3126/shabdasadhana.v7i1.75085

Issue

Section

Articles