फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र

Authors

  • प्रेमप्रसाद Prem Prasad तिवारी Tiwari बुटवल बहुमुखी क्याम्पस Butwal Multiple Campus, TU https://orcid.org/0009-0007-4433-7501

DOI:

https://doi.org/10.3126/shabdasadhana.v7i1.75082

Keywords:

क्षण, प्रजाति, पर्यावरण, समाज, विसङगति

Abstract

प्रस्तुत लेखमा रमेश विकलद्वारा लिखित ‘फुटपाथ मिनिस्टर्स’ कथामा चित्रित समाजिक अवस्थाको विश्लेषण गरिएको छ । यस लेखमा ‘फुटपाथ मिनिस्टर्स’ कथालाई प्राथमिक स्रोतको सामग्रीका रुपमा लिइएको छ भने समाजशास्त्रको सिद्धान्त निर्माणका व्रmममा उपयोग गरिएका सामग्री द्वितीयक स्रोतका रुपमा रहेका छन । यो लेखका लागि आवश्यक सामग्रीको सङकलन पुस्तकालयीय कार्यबाट गरिएको छ । यस लेखमा ‘फुटपाथ मिनिस्टर्स’ कथामा आएको क्षण, युग र पर्यावरणको अध्ययन गरिएको छ । यस लेखमा तल्लो वर्गका र आफनो कुनै पनि परिचय नभएका प्रजाति आएको कुरा उल्लेख गरिएको छ । कथामा गोरे, जघने, टिकी, भोटे, चिम्से, पोटे, घँैटे, घर्ती साहिँलो, माग्दा पैसा दिने व्यक्ति, होटलको साहु, बाटामा ठाँटिएर हिँडेका युवायुवतीहरू प्रजाति बनेर आएका छन भन्ने कुरा यस लेखमा उल्लेख गरिएको छ । कथामा २००७ सालभन्दा पछाडिको समयमा देखिएको काठमाडौँको अवस्थालाई क्षणका रूपमा प्रस्तुत गरिएको छ भन्ने कुरा यस लेखमा आएको छ । कथामा रानीपोखरी, त्यस आसपासको सडक, सडक बालबालिका बस्ने पर्खालभित्रको सेतो घरको दलान आदि स्थान पर्यावरणका रूपमा आएका छन भन्ने कुरा यस लेखमा देखाएइको छ । क्षण, प्रजाति तथा पर्यावरणका आधारमा सडक बालबालिकाले भोग्नुपरेको कारुणिक अवस्था देखाइएको विषयलाई लेखको निष्कर्ष बनाइएको छ । 

Downloads

Download data is not yet available.
Abstract
17
PDF
9

Downloads

Published

2024-11-30

How to Cite

तिवारी Tiwari प. P. P. (2024). फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र . Shabda Sadhana शब्दसाधना, 7(1), 21–34. https://doi.org/10.3126/shabdasadhana.v7i1.75082

Issue

Section

Articles