भाषिक सन्दर्भ : भाषिक भूगोल, आगमन, सम्मिलन र मृत्यु
DOI:
https://doi.org/10.3126/shabdasadhana.v7i1.75079Keywords:
भाषिक मृत्यु, सम्मिलन, पिजिन, क्रेओल, आगमनAbstract
भाषा विचार विनिमयको सशक्त माध्यम हो । भाषाका उच्चार्य र लेख्य दुई रूप हुन्छन । भाषामा मानव जीवनको प्रतिबिम्ब हुने हुनाले मानव सभ्यतासँग भाषाको तादात्म्य सम्बन्ध रहन्छ । यसैले भाषालाई मानव ज्ञानका विविध क्षेत्र, सन्दर्भ र विषयका कोणबाट हेर्नु पर्ने हुन्छ । मानवीय व्यवहारका समग्र सन्दर्भहरू भाषामा समेटिने हुनाले भाषाको प्रयोग क्षेत्र, एउटा भाषामा अर्को भाषाका शब्दहरू आगमन हुँदा त्यसबाट पर्ने प्रभाव तथा भाषाको प्रयोग नै हराउने अवस्था देखापर्न सक्दछ । भाषिक वक्ताको प्रयोग क्षेत्र, बाक्लो र पातलो बस्ती क्षेत्र आदि कुराका बारेमा तयार पारिने नक्साङकन भाषिक भूगोल हो । भाषिक भूगोलभित्र प्रयोगमा रहेका भाषाहरूमध्ये दाता भाषाअनुसार ग्राहक भाषामा पर्ने प्रभाव र भाषिक व्यवस्था ग्रहण गर्ने प्रक्रिया आगमन हो । भाषिक आगमन स्रोत भाषाबाट, भाषिकाबाट र विविध भाषाबाट हुन सक्छ । दुई फरक भाषाहरू विविध कारणबाट एक अर्काको सम्पर्कमा आई एउटै बन्नु भाषिक सम्मिलन हो । यसरी फरक फरक भाषाहरूको सम्पर्कबाट बन्ने नयाँ भाषिक रूप पिजिन हो । भाषाको पिजिन रूप मातृभाषाको तहमा पुगेर विकसित भइसकेको अवस्था क्रेओल हो । सामाजिक, भौगोलिक राजनैतिक, धार्मिक आदिका कारण वक्ता र समुदायबाट भाषाको प्रयोग समाप्त हुनु भाषिक मृत्यु हो ।