देवकोटाका काव्यमा रहस्यवादी चेतना

Authors

  • नारायण Narayan गडतौला Gadtaula नेपाली केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर, काठमाडौँ

DOI:

https://doi.org/10.3126/shabdasadhana.v7i1.75078

Keywords:

रहस्यवादी चेतना, ब्रह्म, जीव, इन्द्रियातीत, अगोचर

Abstract

रहस्यवाद मानवीय संज्ञानको एउटा महवपूर्ण वृत्ति हो । यसले इन्द्रिय भन्दा परका सत्य तथ्यलाई अनुभूतिको विषय बनाएर ग्राह्य बनाउँछ । यस लेखमा लक्ष्मीप्रसाद देवकोटाका कृतिलाई प्राथमिक स्रोतसामग्रीको रूपमा तथा रहस्यवादी चेतनाको अवधारणालाई द्वितीयक स्रोतको सामग्रीको रूपमा उपयोग गरिएको छ । दुवै प्रकृतिका सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ । विश्वका धर्म, दर्शनर साहित्य जस्ता वाङ्मयका विधाहरूमा रहस्यवादी चेतनाको अभिव्यक्ति भएको पाइन्छ । नेपाली साहित्यका शिखर व्यक्तित्व महाकवि देवकोटाका साहित्यिक कृतिहरूमा रहस्यवादी चेतनाको प्राचूर्य पाइन्छ । इन्द्रियातीत एवं विश्वातीत सत्य तथ्यका सूक्ष्म स्पन्दनलाई आकारित गर्ने देवकोटा अगोचर दुनियाँमा पुगेर तिनलाई आफ्ना कविता एवं निबन्धमा मुखरित गर्दछन् । मानवको हार्द एवं कल्पना ग्राह्य विषयमा विश्वास गर्ने देवकोटा बौद्धिक विषयलाई पनि रहस्यमा घोलेर कवितात्मक द्रवणको स्वरूपप्रदान गर्दछन्।

Downloads

Abstract
24
PDF
17

Downloads

Published

2024-11-30

How to Cite

गडतौला Gadtaula न. N. (2024). देवकोटाका काव्यमा रहस्यवादी चेतना. Shabda Sadhana शब्दसाधना, 7(1), 1–11. https://doi.org/10.3126/shabdasadhana.v7i1.75078

Issue

Section

Articles