आधुनिक मानव अधिकार र पौरस्त्य नैतिक शिक्षा
DOI:
https://doi.org/10.3126/sambahak.v26i1.96292Keywords:
अहिंसा, समानता, पौरस्त्य दर्शन, मानव अधिकारAbstract
मानिसले जन्मसिद्ध रूपमा प्राप्त गर्ने अधिकारहरू मानव अधिकार हुन्। यस्ता अधिकारहरू विश्वव्यापी हुन्छन्, अहरणीय हुन्छन्। सन् 1215 को म्याग्नाकार्टालाई मानव अधिकारको पहिलो दस्तावेजको रूपमा व्याख्या गर्ने पश्चिमी मानव अधिकारको ऐतिहासिक मर्मलाई पौरस्त्य सनातनका सांस्कारिक नैतिक शिक्षाहरूले कयौँ वर्ष पहिले नै आत्मसात गरेको पाइन्छ। यस लेखमार्फत पौरस्त्य दर्शनभित्र रहेका हिन्दु, बौद्ध, जैन र कन्फ्युसियन नैतिक शिक्षाहरूलाई आधार मानेर "अहिंसादेखि समानतासम्म" को अवधारणालाई आधुनिक मानव अधिकारको मर्मसँग जोड्ने प्रयास गरिएको छ। लेखलाई पूर्णतया: द्वितीय स्रोतमा आधारित बनाइएको छ, जसमा पौरस्त्य दर्शनभित्र मानव अधिकारका मूल्यहरू समेटिएका पूर्ववत अध्ययनहरू, धार्मिक ग्रन्थ तथा विभिन्न प्रकाशनलाई मुख्य स्रोतको रूपमा लिइएको छ। विशेष गरी नेपालजस्तो बहुजातीय, बहु-सांस्कृतिक र विविधता भएको समाजमा मानव अधिकार अभ्यासलाई बुझ्न पौरस्त्य दर्शनका नैतिक आधारहरू अझै महत्त्वपूर्ण छन्। सान्दर्भिक साहित्यहरूले पश्चिमी मानव अधिकार विमर्श अधिकार केन्द्रित भए पनि पौरस्त्य दृष्टिकोण कर्तव्य केन्द्रित रहेको देखाउँछन्। यसले सामाजिक समानता र सामूहिक उत्तरदायित्वलाई जोड दिन्छ।लेखको निष्कर्षले पौरस्त्य दर्शनका मूल्यहरूले मानव अधिकारलाई आधार प्रदान गर्नेमात्र नभएर आजको विश्वव्यापी मानव अधिकारको युगमा यसको अभ्यासलाई सुदृढ पार्ने वैकल्पिक दृष्टिकोण प्रदान गर्दछन् भन्ने देखाउँछ।