पौरस्त्य हिन्दु धर्म र दर्शनमा महिला
DOI:
https://doi.org/10.3126/sambahak.v26i1.96291Keywords:
पौरस्त्य, हिन्दु धर्म, धर्मग्रन्थ, सशक्तीकरण, महिलावादी दृष्टिकोणAbstract
यस लेखमा हिन्दु धर्म र दर्शन एवं पौरस्त्य धर्मशास्त्रलाई महिलावादी दृष्टिकोणबाट विश्लेषण गर्दै महिलाको सामाजिक, आध्यात्मिक र बौद्धिक स्थानको पुनरावलोकन गर्ने प्रयास गरिएको छ। यो लेखमा पौरस्त्य दर्शनका सम्पूर्ण पक्ष नभई साङ्ख्य, वैशेषिक, योग, न्याय, मीमांसा र वेदान्त गरी ६ वटा दर्शनहरूको समूह हिन्दु दर्शन (जसलाई सनातन दर्शन पनि भनिन्छ) मा महिलाहरूलाई हेर्ने दृष्टिकोणका बारेमा उल्लेख गरिएको छ। स्वधर्म, गार्गी र मैत्रेयीजस्ता महिला दार्शनिकहरू, देवी परिकल्पना, शक्ति-धन-विद्याको प्रतीकात्मकता र स्वयंवरजस्ता अभ्यासहरूलाई आधार मानेर हिन्दु परम्परामा महिलाको स्वायत्तता र सशक्तिकरणका आधारहरू पहिचान गरिएको छ।त्यससँगै मनुस्मृति, मासिक धर्मको अपव्याख्या र रामायणकी सीताको सहनशील, आदर्शजस्ता पितृसत्तात्मक व्याख्याहरूले महिलालाई अधीनस्थ बनाउने संरचनालाई पनि उजागर गरिएको छ।महाभारत, रामायण, स्वस्थानी लगायतका धर्मशास्त्रमा उल्लेख गरिएका पात्रहरूको उपस्थितिले धार्मिक ग्रन्थहरूलाई पितृसत्तात्मक, विरोधाभासी र बहुअर्थी बनाएको छ।यो लेखले हिन्दु धर्ममा महिलाको स्थान, सहभागिता र भूमिका सहनशील, परनिर्भर, आज्ञाकारी पात्रका रूपमा मात्र नभई गरिमामय, समानता र स्वायत्ततालाई समर्थन गर्ने वैचारिक स्रोतहरूसहित कसरी विद्यमान छन् भन्ने चित्रण गरेको छ।