वेदमा मानव अधिकार
DOI:
https://doi.org/10.3126/sambahak.v26i1.96290Keywords:
अथर्ववेद, ऋग्वेद, मानव अधिकार, यजुर्वेद, सामवेदAbstract
वेद पौरस्त्य दर्शनको महत्त्वपूर्ण ग्रन्थ हो, जसले मानिसले हाल प्रचलन, उपयोग र उपभोग गर्दै आएका आर्थिक, सामाजिक, सांस्कृतिक, नागरिक र राजनीतिक अधिकारहरूलाई आध्यात्मिक धारबाट प्रष्ट्याएको छ अर्थात् ईश्वर र वैदिक यज्ञकार्यसँग जोडेर व्याख्या गरेको छ । यस लेखमा वेदलाई मानव अधिकारका दृष्टकोणबाट प्रस्फुटन हुने भाव, आशय र सारका आधारमा मानव अधिकारका दस्तावेजहरूसँग तुलना गरी वेदभित्र उल्लेख भएका मानवीय मर्यादा र स्वतन्त्रताका विषयहरूलाई मानव अधिकारका आँखाबाट हेर्ने प्रयास गरिएको छ । यस लेखमा वेदहरू, वेदको नेपाली अनुवाद, यस विषयमा प्रकाशित लेख, रचनाहरू र वेभसाइटहरू स्रोतका रूपमा प्रयोग गरिएको छ । यसका साथमा नेपालको संविधानसहित आधुनिक मानव अधिकारका दस्तावेजहरूसँग वेदका ऋचा र श्लोकहरूको सम्बन्ध देखाइएको छ । लेखमा मानव अधिकारको उत्पति र विकासमा वेदले अघोषित र स्वफूर्त रूपमा दिएको योगदानको सम्बोधन हुनुपर्नेमा जोड दिइएको छ । वेदसहित पौरस्त्य दर्शनका रूपमा रहेका हिन्दु, बौद्ध र किरात सभ्यतामा विकसित ग्रन्थहरूलाई विद्यालयदेखि महाविद्यालय तहसम्मको पाठ्यक्रममा समावेश गरी अध्ययन अध्यापन गराई मानव अधिकारको उत्पति र विकास पौरस्त्य दर्शनबाट भएको सन्देश विश्वव्यापी फैलाउन जरुरी छ।