पौरस्त्य दर्शनको दृष्टिमा भ्रष्टाचार र मानव अधिकारः कौटिल्यको युगदेखि समकालीन विमर्शसम्म

Authors

  • Dipesh Prasad Ghimire उपप्राद्यापक, समाजशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, किर्तीपुर

DOI:

https://doi.org/10.3126/sambahak.v26i1.96288

Keywords:

कौटिल्य, पौरस्त्य दर्शन, भ्रष्टाचार, मानव अधिकार उल्लङ्घन

Abstract

यस अध्ययनले पौरस्त्य दर्शनको ऐतिहासिक दृष्टिकोण, विशेष गरी कौटिल्यद्वारा रचित अर्थशास्त्रमा वर्णित शासन दर्शन र व्यवहारलाई केन्द्रीय आधार मान्दै समकालीन समयसम्म भ्रष्टाचार र मानव अधिकारबीचको सम्बन्धलाई विश्लेषण गर्ने प्रयत्न गरेको छ।कौटिल्यको अर्थशास्त्रमा शासनको मूल उद्देश्य शासकको शक्ति सुदृढीकरण, राज्यको आर्थिक स्रोतको अधिकतम सङ्कलन र त्यसको प्रयोग शासक र सुरक्षा सुनिश्चिततामा केन्द्रित देखिन्छ। उक्त समयमा राज्यको स्रोतको अनियमित प्रयोग, जनता तथा सर्वसाधारणमाथिको करभार र सामाजिक–सांस्कृतिक जीवनमा हस्तक्षेप गरी सत्ताको एकाधिकार कायम राख्ने नीति प्रारम्भिक मानव अधिकार उल्लङ्घनका स्वरूपका रूपमा लिन सकिन्छ। वर्तमान समयमा पनि नेपाललगायतका विकासोन्मुख मुलुकहरूमा नीतिगत भ्रष्टाचार, स्रोतको अनियमित वितरण र सरकारी निकायको अपारदर्शी कार्यशैलीका कारण मानिसका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार गम्भीर रूपमा प्रभावित भइरहेका छन्।यसरी ऐतिहासिक पौरस्त्य शासन दर्शन र वर्तमान शासन संरचनाको विश्लेषणले भ्रष्टाचारको मूल चरित्र सत्ताको संरक्षण, स्रोतको दुरुपयोग र आमनागरिकको अधिकार हनन समयको अन्तरालसँगै स्वरूप परिवर्तन भए पनि सारमा स्थिर रहिरहेको देखाउँदछ।यस अध्ययनले भ्रष्टाचारविरुद्धको लडाइँ केवल आर्थिक पारदर्शितासम्म सीमित हुन हुँदैन, बरु मानव अधिकारको समग्र संरक्षण र प्रवर्धनसँग प्रत्यक्ष रूपमा जोडिनुपर्छ भन्ने दृष्टिकोण राख्दछ।

Downloads

Download data is not yet available.
Abstract
2
PDF
1

Downloads

Published

2026-06-27

How to Cite

Ghimire, D. P. (2026). पौरस्त्य दर्शनको दृष्टिमा भ्रष्टाचार र मानव अधिकारः कौटिल्यको युगदेखि समकालीन विमर्शसम्म. Sambahak: Human Rights Journal, 26(1), 155–176. https://doi.org/10.3126/sambahak.v26i1.96288

Issue

Section

Articles