अधिकार र कर्तव्यको कसीमा बौद्ध शिक्षा

Authors

  • Kailash Kumar Siwakoti राष्ट्रिय मानव अधकार आयोग, सञ्चार, सूचना प्रविधि, प्रतिवेदन, प्राज्ञिक अनुसन्धान तथा प्रकाशन महाशाखा

DOI:

https://doi.org/10.3126/sambahak.v26i1.96287

Keywords:

अधिकार, कर्तव्य, मानव अधिकार, बौद्ध शिक्षा

Abstract

अधिकार व्यक्तिविशेष वा पदीय हैसियतमा प्रयोग गर्ने अख्तियार र कर्तव्य अधिकार प्राप्तिको आधार वा माध्यम हो।अधिकार र कर्तव्यलाई जेजसरी हेरिए पनि यी आपसमा अन्तर्सम्बन्धित मानिन्छन्। अधिकारलाई केवल अधिकारमा आधारित पश्चिमी र कर्तव्यलाई निर्वाह गर्नुपर्ने दायित्वको रूपमा पौरस्त्य अवधारणाको रूपमा लिने गरिन्छ।पछिल्लो समयमा अधिकार अधिक र कर्तव्य गौणजस्तो देखिए पनि कर्तव्यविना अधिकारको उपभोग सम्भव छैन  र भए पनि स्थायी हुँदैन भन्ने मान्यता क्रमशः विकसित हुँदै जान थालेको छ। विशेषतः कर्तव्य र दायित्वका विषयलाई संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र, महासन्धि, क्षेत्रीय महासन्धिहरू, बडापत्र एवम् राष्ट्रिय तहमा संविधान र कानुनले सम्बोधन गरेको छ।बौद्ध बाङ्मयमा पनि आधुनिक मानव अधिकारभित्र निहित अधिकार र कर्तव्यजस्ता शब्दावली प्रयोग नभए पनि बौद्ध शिक्षामा पनि यी सवाललाई कुनै न कुनै रूपमा उल्लेख गरिएको छ।मानव अधिकारका दस्तावेज, वेबसाइट, संविधान, ऐन एवम् बौद्ध साहित्यसम्बन्धी प्राथमिक र द्धितीय स्रोतमा आधारित यस आलेखमा अधिकार र कर्तव्यबीचको अवधारणा, सैद्धान्तिक पक्ष, दुवै दस्तावेजमा निहित कर्तव्यहरू र आपसमा कसरी मेल खान्छन् भनी केलाउन खोजिएको मानव अधिकार र कर्तव्यका सवाल बौद्ध साहित्यमा तात्कालीन अवस्थामा नै समावेश थिए, जसलाई थप गहन अध्ययन र अनुसन्धान गरी आधुनिक मानव अधिकारसँग जोडी राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय तहमा प्रवर्धन गर्न राज्य र सम्बद्ध सरोकारवालाहरू क्रियाशील हुन आवश्यक छ।

Downloads

Download data is not yet available.
Abstract
3
PDF
1

Downloads

Published

2026-06-27

How to Cite

Siwakoti, K. K. (2026). अधिकार र कर्तव्यको कसीमा बौद्ध शिक्षा. Sambahak: Human Rights Journal, 26(1), 131–154. https://doi.org/10.3126/sambahak.v26i1.96287

Issue

Section

Articles