मुन्दुमी दर्शनमा मानव अधिकार

Authors

  • Chandra Kumar Rai स्वतन्त्र अनुसन्धाता तथा लेखक

DOI:

https://doi.org/10.3126/sambahak.v26i1.96285

Keywords:

किरात, मुन्दुम, मानव अधिकार, कानुन

Abstract

किरात नेपालको बसोबास गर्ने एक भिन्न जातीय समुदाय हो। किरातभित्र राई, लिम्बू, याक्खा र सुनुवार पर्ने भएकाले किरात एक जातीय समुदाय हो। मुन्दुम, किरात समुदायको जीवन निर्देशन गर्ने माध्यम, स्रोत, दर्शन र ज्ञान हो। यसैभित्र किरातीहरूलाई सभ्य, सुसंस्कृत तुल्याउने र व्यवस्थित समाज र राष्ट्रनिर्माण गर्न मार्गनिर्देश गर्ने मुन्दुम निहित मानव तथा कानुनी अधिकार र कर्तव्यहरूको व्यवस्था भएको पाइन्छ। यी अधिकार र कर्तव्यहरूको उल्लङ्घन भएमा उपचार प्राप्त गर्ने प्रक्रिया र निकायहरूको बारेमा पनि मुन्दुममा व्यवस्था पाइन्छ। यतिमात्र होइन, राज्य सञ्चालन, आर्थिक व्यवस्थापन नीति र विभिन्न व्यावहारिक ज्ञानको माध्यम पनि मुन्दुम नै हो। अहिले पनि मानव अधिकारको मुद्दा केवल पश्चिमी अवधारणा हो भन्ने एकाङ्की मान्यता रहिआएको छ । विशेषतः मुन्दुमभित्र पनि मानव अधिकारसँग सम्बन्धित मूल्य–मान्यताहरूलाई आत्मसात गरेको पाइन्छ। यस आलेखमा मुन्दुमभित्र रहेका विभिन्न हकअधिकारसँगै समाहित मानव अधिकार, यसको उल्लङ्घन भएमा उपचार प्राप्त गर्ने विधि र निकायबारेमा चर्चा गरिएको छ। प्रस्तुत लेख तयारीका क्रममा प्राथमिक र द्धितीय स्रोतहरूको प्रयोग गरी प्राप्त तथ्याङ्कहरूलाई विश्लेषण गर्दै निष्कर्ष प्रस्तुत गरिएको छ। यस किसिमका मौलिक दर्शनहरूमा मानव अधिकारका मूल्यमान्यताहरू समावेश थिए भन्ने सवाललाई विशेषतः सरकारी तहबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा थप अभिवृद्धिका लागि भूमिका निर्वाह गर्न आवश्यक छ ।

Downloads

Download data is not yet available.
Abstract
2
PDF
1

Downloads

Published

2026-06-27

How to Cite

Rai, C. K. (2026). मुन्दुमी दर्शनमा मानव अधिकार . Sambahak: Human Rights Journal, 26(1), 93–110. https://doi.org/10.3126/sambahak.v26i1.96285

Issue

Section

Articles