मानवताको संरक्षणमा पौरस्त्य धर्मदर्शन र अन्तर्राष्ट्रिय कानुन

Authors

  • Resham Bista उपप्राध्यापक,अंग्रेजी; अंग्रेजी र नेपाली केन्द्रीय विभाग, मध्यपश्चिम विश्वविद्यालय, सुर्खेत

DOI:

https://doi.org/10.3126/sambahak.v26i1.96284

Keywords:

पौरस्त्य दर्शन, धर्मयुद्ध, मानव अधिकर, मानवीय कानुन, धार्मिक स्वतन्त्रता

Abstract

प्रस्तुत लेखको मुख्य उद्देश्य हिन्दु र बौद्ध धर्मदर्शनका दृष्टिकोणले आधुनिक वैश्विक मानव अधिकार र मानवीय कानुनमा परेको प्रभावबारे प्रकाश पार्नुरहेको छ।जुन उद्देश्य प्राप्तिका लागि गुणात्मक अनुसन्धान विधि अपनाएर हिन्दु र बौद्ध धर्मका प्रमुख ग्रन्थहरू जस्तै वेद, उपनिषद, भागवत गीता, धम्मपद, महाभारत र रामायणजस्ता धार्मिक ग्रन्थमा उल्लिलखित युद्ध, व्यक्ति स्वतन्त्रता, अहिंसा र शान्तिका बारेमा लेखिएका उपलब्ध साहित्यहरूको समीक्षा साथै पौरस्त्य मानवता, युद्ध र शान्तिसम्बन्धी धर्मदर्शनलाई आधुनिक पाश्चात्य मानव अधिकारका अवधारणासँग जोडेर विश्लेषण गरिएको छ। यस समीक्षात्मक छलफल र विश्लेष्णलबाट आधुनिक मानव अधिकारका आधारभूत सिद्धान्त र विकासमा  प्राचीन पौरस्त्य हिन्दु र बौद्ध धार्मिक परम्पराको महत्त्वपूर्ण योगदान देखिन्छ । आजको मानव अधिकारसँग सम्बन्धित अन्तर्राष्ट्रिय घोषणापत्र, सन्धि र ऐच्छिक आलेखमा उल्लेख भएका मानव अधिकारका मूल्यमान्यता, युद्धनीतिलगायतका वषयहरू पौरस्त्य धर्म दर्शन परम्परामा समेत उल्लेख भएको पाइन्छ। हिन्दु धर्मको "धर्मयुद्ध" सिद्धान्तले युद्धको न्यायसङ्गत आधार र युद्धमा नैतिकताको महत्त्वलाई उजागर गरेको छ भने बौद्ध धर्मको अहिंसा सिद्धान्तले जीवन र शान्तिपूर्ण सहअस्तित्वको मूल्यलाई बल दिएको छ। जुन मान्यताहरू आजका मानव अधिकारका आधारभूत सिद्धान्त हुन्। यो लेखले मानव अधिकार र धर्म दर्शनबीचको अन्तरसम्बन्धलाई विश्लेषण गरेको छ।

Downloads

Download data is not yet available.
Abstract
3
PDF
1

Downloads

Published

2026-06-27

How to Cite

Bista, R. (2026). मानवताको संरक्षणमा पौरस्त्य धर्मदर्शन र अन्तर्राष्ट्रिय कानुन. Sambahak: Human Rights Journal, 26(1), 71–92. https://doi.org/10.3126/sambahak.v26i1.96284

Issue

Section

Articles