आदर्श–राघव महाकाव्यमा ब्रह्मचिन्तन

Authors

DOI:

https://doi.org/10.3126/sahayaatra.v9i1.95647

Keywords:

आत्म-परमात्मा, निर्गुण ब्रह्म, ब्रह्म चिन्तन, वेदान्त दर्शन, सगुण ब्रह्म

Abstract

प्रस्तुत लेखमा अदर्श राघव महाकाव्यमा ब्रह्मचिन्तनको अध्ययन गरिएको छ । गुणात्मक अनुसन्धान पद्धति र पाठविश्लेषण विधिके उपयोग गरिएको यस लेखमा पूर्वीय दर्शनमा अभिव्यक्त ब्रह्मचिन्तनलाई सैद्धान्तिक आधार र अवधारणाका रूपमा लिइएको छ । आदर्श -राघव महाकाव्यमा  ब्रह्म चिन्तनको प्रभाव परेको छ ।  यस आलेखमा आदर्श-राघव महाकाव्यको विषयवस्तुको स्वरूप गरी यसभित्र रहेको सगुण र निर्गुण ब्रह्मचिन्तनलाई पहिल्याउने कार्य गरिएको छ । आदर्श- राघव महाकाव्यमा ब्रह्मचिन्तनसम्बन्धी विचार पहिचान गरी सगुण र निर्गुण ब्रह्म चिन्तन किन र कसरी प्रस्तुत गरिएकोको छ भन्ने प्रमुख समस्यामा यो लेख केन्द्रित रहेको छ । यिनै समस्याको परिपूर्तिका लागि निगमनात्मक र आगमनात्मक शोधविधिको प्रयोग गरेर यो लेख तयार गरिएकोको छ । वेदान्त दर्शनले ब्रह्मको सगुण र निर्गुण स्वरूपका बारेमा विविध अवधारणा प्रस्तुत गरेको छ । यसै क्रममा ब्रह्मको पहिचान सगुण र निर्गुण रूपमा हुन्छ भन्ने बताइएको छ । यही स्वपाधिक र निरुपाधिक ब्रह्म नै कतै गुणयुक्त कतै गुणमुक्त, व्यक्तित्वशून्य रहने तथ्यलाई वेदान्त दर्शनले प्रस्तुत गरेको छ । यिनै दृष्टिकोणलाई सैद्धान्तिक अवधारणाका रूपमा प्रस्तुत गरेर महाकाव्यको विषयवस्तुको स्वरूप पहिचान गरिएकोको छ । यहाँ प्रकट गरिएको वैचारिकतालाई मुख्य आधार बनाएर आदर्श- राघव महाकाव्यमा रहेका राघवलाई नै ब्रह्मको सगुण र निर्गुण रूपको प्रतीक बनाइएको छ । रामभित्र रहेको ब्रह्मगुणको समन्वयात्मक पक्षलाई समेटेर महाकाव्यमा वर्णित वैचारिक पक्षको आधारमा सगुण र निर्गुण रूपमा आदर्श-राघवलाई प्रतिस्थापित गरी एकत्वपूर्ण ब्रह्मस्वरूपको पहिचान गर्ने कार्य यस लेखमा भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Downloads

Published

2026-06-19

How to Cite

Sapkota, S. K. (2026). आदर्श–राघव महाकाव्यमा ब्रह्मचिन्तन. Sahayaatra सहयात्रा, 9(1), 95–106. https://doi.org/10.3126/sahayaatra.v9i1.95647

Issue

Section

Research Article