आदर्श–राघव महाकाव्यमा ब्रह्मचिन्तन
DOI:
https://doi.org/10.3126/sahayaatra.v9i1.95647Keywords:
आत्म-परमात्मा, निर्गुण ब्रह्म, ब्रह्म चिन्तन, वेदान्त दर्शन, सगुण ब्रह्मAbstract
प्रस्तुत लेखमा अदर्श राघव महाकाव्यमा ब्रह्मचिन्तनको अध्ययन गरिएको छ । गुणात्मक अनुसन्धान पद्धति र पाठविश्लेषण विधिके उपयोग गरिएको यस लेखमा पूर्वीय दर्शनमा अभिव्यक्त ब्रह्मचिन्तनलाई सैद्धान्तिक आधार र अवधारणाका रूपमा लिइएको छ । आदर्श -राघव महाकाव्यमा ब्रह्म चिन्तनको प्रभाव परेको छ । यस आलेखमा आदर्श-राघव महाकाव्यको विषयवस्तुको स्वरूप गरी यसभित्र रहेको सगुण र निर्गुण ब्रह्मचिन्तनलाई पहिल्याउने कार्य गरिएको छ । आदर्श- राघव महाकाव्यमा ब्रह्मचिन्तनसम्बन्धी विचार पहिचान गरी सगुण र निर्गुण ब्रह्म चिन्तन किन र कसरी प्रस्तुत गरिएकोको छ भन्ने प्रमुख समस्यामा यो लेख केन्द्रित रहेको छ । यिनै समस्याको परिपूर्तिका लागि निगमनात्मक र आगमनात्मक शोधविधिको प्रयोग गरेर यो लेख तयार गरिएकोको छ । वेदान्त दर्शनले ब्रह्मको सगुण र निर्गुण स्वरूपका बारेमा विविध अवधारणा प्रस्तुत गरेको छ । यसै क्रममा ब्रह्मको पहिचान सगुण र निर्गुण रूपमा हुन्छ भन्ने बताइएको छ । यही स्वपाधिक र निरुपाधिक ब्रह्म नै कतै गुणयुक्त कतै गुणमुक्त, व्यक्तित्वशून्य रहने तथ्यलाई वेदान्त दर्शनले प्रस्तुत गरेको छ । यिनै दृष्टिकोणलाई सैद्धान्तिक अवधारणाका रूपमा प्रस्तुत गरेर महाकाव्यको विषयवस्तुको स्वरूप पहिचान गरिएकोको छ । यहाँ प्रकट गरिएको वैचारिकतालाई मुख्य आधार बनाएर आदर्श- राघव महाकाव्यमा रहेका राघवलाई नै ब्रह्मको सगुण र निर्गुण रूपको प्रतीक बनाइएको छ । रामभित्र रहेको ब्रह्मगुणको समन्वयात्मक पक्षलाई समेटेर महाकाव्यमा वर्णित वैचारिक पक्षको आधारमा सगुण र निर्गुण रूपमा आदर्श-राघवलाई प्रतिस्थापित गरी एकत्वपूर्ण ब्रह्मस्वरूपको पहिचान गर्ने कार्य यस लेखमा भएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2026 Sahayaatra Nepal, Bhojpur

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.